• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काँग्रस महासमिति बैठकमा रडाको, रामचन्द्र पौडेलले पेश गरे महाधिवेशनदेखि निर्वाचनसम्मको कार्ययोजना

  •      /६ पुष २०७५, शुक्रबार ०३:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता 

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका छन्।बुधवारको केन्द्रीय समिति बैठकमा पौडेलले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पार्टीको महासमिति बैठकपछिको कार्यतालिका पेश गरेका हुन्।

    पौडेलले २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गरी २०७६ फागुन ७ मा केन्द्रीय महाधिवेशन हुनुपर्ने कार्यतालिका प्रस्ताव पेश गरेका छन्।नयाँ विधान पारितका लागि केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिमा उनले २०७५ पुष १६ देखि २०७८ बैशाखसम्मको कार्यक्रमको कार्यतालिका प्रस्ताव पेश गरेका हुन् ।

    पौडेलले जनजागरणका कार्यक्रम गर्नुका साथै कम्युनिस्टको मनपरीतन्त्रको विरोध गर्नसमेत आह्वान गरेका छन्।महासमितिको बैठकपश्चात् बिलम्ब नगरी पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्ने केन्द्रीय समितिमा उनले पेश गरेको प्रस्तावमा उल्लेख गरिएको छ ।

    २०७५ पुष १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित “सदस्यता वितरण अभियान” चलाउने केन्द्रीय समितिमा पेश गरिएको प्रस्तावमा भनिएको छ ।

    यस्तै पौडेल पक्षले पेश गरेको कार्ययोजना अनुसार २०७६ आश्विन मसान्तसम्म “क्रियाशील सदस्यता वितरण र नविकरण” सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने, मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा/गाउँपालिका, नगर ÷ उपमहानगर/महानगरपालिका अधिवेशन सम्पन्न गर्ने र पौष मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र/प्रतिनिधि सभा निर्वाचन क्षेत्र/जिल्ला अधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

    २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने, फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने र चैत्र बाट २०७७ असोज मसान्तसम्म नव निर्वाचित सबै तहका समितिहरुको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने प्रस्तावित कार्ययोजनामा उल्लेख छ ।

    यस्तै ‘२०७७ चैत्र मसान्तसम्म जनसरोकारका कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गरी२०७८ बैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने’ केन्द्रीय समितिमा पेश गरिएको प्रस्तावमा भनिएको छ ।

    पौडेलले नेपाली काँग्रेस यतिखेर ईतिहासकै कठिन मोडमा रहेको उल्लेख गरेका छन् । ‘नेपाली काँग्रेस आज पनि जनताको अपार आशा, अपेक्षा र भरोसाको केन्द्रविन्दुमा छ । गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी, उर्लिदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको उर्जाको जगमा नेपाली काँग्रेसले आफ्नो भावि मार्ग तय गर्न अब ढिला गर्नुहुँदैन ।’

    ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र जनताका आधारभूत सरोकार र दैनिकी माथि मडारिएका सबैखाले चुनौति र अतिवादको सामना गर्न, संविधानको ईमान्दार कार्यान्वयन गर्न र सबै जाति, वर्ग, लिङ्ग र क्षेत्रका जनताको आर्थिक–सामाजिक समृद्धी सुनिश्चित गर्न सशक्त र जनमुखी काँग्रेसको पुनरोदय जरुरी छ’, रामचन्द्र पौडेलले प्रतिवेदनमा भनेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.