• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा लामाचौरमा जोखिम युक्त नालिको दर्दनाक अवस्था, नालिमा आधा सल्याव बन्यो आधा अलपत्र

  •      /६ पुष २०७५, शुक्रबार ०४:४३ ,  प्रकाशीत
  • कृष्ण अन्जान । सविन जिसी
    पोखरा । पोखरा महानगर पालिका वडा न १६ सुन्दर फिड गोर्खा बोडिङदेखि लामाचौर चोक सम्मको नालिलाई ज्यानमारा नालि भन्दा हुन्छ ।

    यो त्यहि नालि हो जुन नालिमा पोखरा महानगर पालिका वडा न १९ का युवा पिजन पुन आफ्नो मोटर साइकल सहित २०७३ सालमा यहि नालिमा परे। मोटर साइकल भेटियो तर उनी बेपत्ता भए ।पानी पर्दा सडक समेत नदेखिने गरि पानीको वहाव आएको र त्यहि नालीको वहावले पिजनलाइ वेपत्ता बनायो ।

    करिव डेढ मिटर गहिरो नालि पानी परेपछि उर्लेर आउने र मान्छे बगाउने गरेको छ ।यहि नाली हो जहाँ पानी परेपछि उपल्लो लामाचौर देखि भल पानी उर्लेर आउने गरेको छ र त्यति बेला यो सडक यात्रा जोखिम युक्त हुने गरेको छ ।

    पोखरा १९ को उपल्लो भाग देखिको भलवाढी यहि नाला भएर बग्छ । पानी परेपछि आउने नालीको वाढिले बगाउँछ कि भन्ने डर हुन्छ इन्जिनियरिङ क्याम्पस अगाडि बस्ने प्रेम आचार्यले भने ।

    नालीको जोखिम बारे दवाव परेपछि पोखरा महानगरपालिका वडा न १६ को पहलमा महानगर पालिकाको बजेटबाट ५ सय मिटरमा सल्याव त हालिएको छ तर बजेट बिनियोजन नभएको भन्दै बीचमै काम रोकिएको छ ।

    पानी परेपछि यहाँ आउने भेलवाडीको समस्या समाधानका लागि माथिबाट आउने भेल ठाउँ ठाउँबाट सेती नदीमा तर्काउनु पर्ने स्थानियको भनाइ छ ।

    त्यसो त पश्चिमाञ्चल ईन्जिनियरिँग क्याम्पस अगाडीवाट नाली निर्माण गरी भल पानी फाल्ने काम वडा न १६ ले गरेको छ तर एक ठाउँ वाट मात्र भल तर्काउँदा समस्या समाधान नहुने र यसरी भल तर्काउने कार्य लामाचौर चोक ,वडा न १९ को खत्रि डहर ,भुनपुरे ,अकला र १६ को मध्यम पथ लागाएतका क्षेत्रवाट भलवाढि तर्काउनु पर्ने स्थानिय वासिन्दाको भनाइ छ ।

    यसका साथै रोकिएको ठाउँबाट लामाचौर चोक सम्म सल्यावको निर्माण अती आवस्यक रहेकोमा वडान १६ का जनप्रतिनिधिलाई पनि चिन्ता छ ।

    जिल्ला सम्नवय समिती कास्कीका सदस्य समेत रहेकी पोखरा वडा न १६ कि वडा सदस्य गोमा दोवि अधिकारी गौतमले यो समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल भइरहेको र छिटोभन्दा छिटो बाँकी नालिमा सल्याव हाल्ने काम सम्पन्न गरिने बताइन ।

    स्थानिय निकाएको निर्वाचन पछि जनप्रतिनिधिहरुले विकास निर्माणलाइ अगाडि बढाउने कार्य भइरहँदा जहाँ धेरै समस्या छन त्यहाँका कामलाई प्राथमिकतामा राखेर काम सम्पन्न गर्नु पर्ने हुन्छ त्यसैले यो नालीमा सल्याव हाल्ने कामलाई प्रमुख प्राथमिकतामा राखेर कार्य सम्पन्न गर्नु पर्ने देखिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.