कृष्ण अन्जान ज्ञवाली पोखरा । एउटा पाखोमा सम्माइएको जग्गा छ। त्यहि जग्गामा खुइलिएको एउटा साइनवोर्ड ।मेटिन थालेको बोर्डमा धमिलो आकृतिमा लेखिएको छ शहिद स्मृति बहुउद्देश्यीय भवन निर्माणस्थल ।
यो त्यहि ठाउमा शहिद स्मृति बहुउद्देश्यीय भवनको शिलान्यास २०७२ सालमा पोखरा महानगरपालिका बडा न १९को ठूलिपोखरीमा पुर्व अर्थ मन्त्रि तथा वर्तमान उर्जा मन्त्री बर्षमान पुन ,क्षेत्र न २ का तत्कालिन साँसद राजकाजी गुरुँग तथा तत्कालीन सभासद तेज कुमारी पौडेलले शहिद परिवार र स्थानीयको रोहोवरमा गरेका थिए।
तर समयले शहिदलाइ विर्सिदै जाँदा यो भवनको सम्झना कसैलाइ भएन ।‘जनयुद्धमा सहादत प्राप्त गर्ने लामाचौरका तीन होनहार शहिद दामोदर गौतम ,दुर्गा पौडेल र रिता नेपालीको स्मृतिलाइ जीवन्त राख्न यो भवन बनाउने प्रयास गरिएपनि राज्य सन्चालन गर्ने नेताको उदासिनताका कारण भवन निर्माण सपना बन्यो’ लामाचौरका समाजसेवि युवा सविन जिसीले भने ।
एनेकपा माओवादीका तर्फ तत्कालिन स्थानिय विकास मन्त्री हितराज पाण्डेलाइ स्वकिय सचिव सुमन गिरी मार्फत शहिद स्मृति भवनको निर्माणका लागि बजेट माग गरेको जिसीले बताए । तर, जहाँ हार गुहार गरे पनि कसैले सहयोग गरेन । यो शहिद स्मृति बहुउद्देश्यीय भवन बन्न सकेन जिसीले भने।
मुलुकमा गणतन्त्र स्थापनामा शहिदको योगदान अमूल्य रह्यो ।राज्य सन्चालनमा तिनै शहिदलाइ भर्याङ्ग बनाइयो तर तिनै शहिदलाइ स्मरण गर्न नेतृत्व तयार छैन । सस्तो सपना बाँडेर सत्तामा जाने खेल अझै जारी छ तर शहिदका सपनाको कुनै मूल्य छैन ।
‘फेरि पनि स्थानिय प्रदेश र संघमा बहुमतको सरकार छ, हाम्रो आशा अझै मरेको छैन, नेतृत्वको इच्छाशक्ति भए शहिद स्मृति बहुउद्देश्यीय भवन निर्माणमा पहल हुने छ’भवन निर्माण समितिका अध्यक्ष समेत रहेका सविन जिसीले भने।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । एउटा पाखोमा सम्माइएको जग्गा छ। त्यहि जग्गामा खुइलिएको एउटा साइनवोर्ड ।मेटिन थालेको बोर्डमा धमिलो आकृतिमा लेखिएको छ शहिद स्मृति बहुउद्देश्यीय भवन निर्माणस्थल ।

Related