• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रक्तचाप सन्तुलित राख्न सहयोगी खानेकुरा

  •      /२९ माघ २०७४, सोमबार ०९:२६ ,  प्रकाशीत
  • मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ। सामान्य रक्तचाप भनेको १२०/८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ।

    कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५/७५को रक्तचापमा २०/१० का दरले बढ्दै दोब्बर हुनसक्छ। सामान्य रक्तचाप भएको ५५ वर्षीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ। उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ।

    पछिल्लो समय कम उमेरमै मानिसमा उच्च रक्तचापको समस्या देखिने गर्छ । अव्यवस्थित जीवनशैली र तनावका कारण यस्तो समस्या निम्तिने गर्छ । उच्च रक्तचापलाई पूर्ण रूपमा निर्मूल पार्न निकै गाह्रो हुन्छ । तर, यसलाई नियन्त्रण भने गर्न सकिन्छ । त्यसका लागि खाना र व्यायाममा विशेष ध्यान दिन जरुरी छ । यस्ता खाद्यपदार्थ, जसले शरीरमा रक्तसञ्चारलाई व्यवस्थित गर्ने काम गर्छ स्

    कागती :कागतीबाट अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ । यसले पनि लो ब्लडप्रेसर रोगीका लागि फाइदा पुर्‍याउँछ । कागतीको प्रयोगले ब्लडप्रेसर अनियन्त्रित रूपमा तल–माथि हुनबाट बचाउँछ ।

    मह: रक्तचाप कन्ट्रोल गर्नका लागि मह पनि औषधि साबित हुन सक्छ । महमा हुने अलिगो सेचुराइड नामक तत्वले उच्च रक्तचापलाई कम गर्छ । त्यसैले महको प्रयोग गर्दा रक्तचाप सामान्य बन्न सघाउ पुग्छ ।

    कालो खुर्सानी: शरीरमा रक्तसञ्चार असन्तुलित हुने समस्या भएमा कालो खुर्सानीको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो खुर्सानीले शरीरको रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । यसले प्लेटलेट्सलाई एक–आपसमा ठोक्किनबाट पनि रोक्छ । जसले गर्दा रक्तसञ्चार व्यवस्थित हुन सघाउ पुग्छ ।

    केरा: उच्च रक्तचापको समस्याबाट ग्रसित हुनुहुन्छ भने दैनिक रूपमा केराको प्रयोग गर्दा पनि हुन्छ । केराबाट प्रशस्त मात्रामा पोटासियम पाइन्छ, जसले रक्तसञ्चारलाई व्यवस्थित गर्छ । केरा मिर्गौलाका लागि पनि फाइदाजनक फल हो ।

    प्याज:प्याजमा क्वेरसेटिन नामक तत्व पाइन्छ, जसले लो ब्लडप्रेसरलाई सामान्य गर्ने काम गर्छ । खानापछि सलादका रूपमा प्याजको प्रयोग गर्दा निकै लाभदायक हुन्छ ।एजेन्सी ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.