शुभेच्छा न्यूज संम्वाददाता
दाङ – शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार बस दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। ज्यान गुमाउनेमा ३ जना महिला र १३ जना पुरुष रहेका छन्।
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्किएका शिक्षक तथा विद्यार्थी सवार बा४ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो।
यही वर्षदेखि सञ्चालनमा आएको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको गाडी दुर्घटनामा परेको प्रिन्सिपल यादव सुवेदीले जनाएका हुन्।
यही वर्ष सिटिइभिटीको आंगिक कलेजको रुपमा स्थापना भएको यो शिक्षालय घोराही १७ गैरागाउँमा सञ्चालनमा थियो। वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि कपुरकोट गएका थिए।
वडा प्रहरीका असइ विष्णु श्रेष्ठका अनुसार बस सडकबाट ८ सय मिटर तल भीरमा खसेको छ। उद्दारका लागि जिल्ला प्रहरी कार्यालय दाङ, इप्रका तुलसीपुर, अस्थायी प्रहरी पोस्टको प्रहरी टोली उद्दारमा खटिएको छ।
दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भर्ना गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिकैको सडकबाट बस ८ सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

Related