• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट दिल्ली जाँदै गरेको बस दुर्घटना,एकको मृत्यु

  •      /७ पुष २०७५, शनिबार १३:२५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता 

    पोखरा।पोखराबाट दिल्लीका लागि प्रस्थान गरेको नेपाल–भारत मैत्री बस शनिबार बिहान दुर्घटना हुँदा बस चालक गोपालबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भएको छ । कम्तीमा ८ जना नेपाली यात्रु घाइते भएका छन् ।

    दुर्घटना भारतको उत्तर प्रदेशको आगरा जिल्लाको यमुना एक्प्रेस वेमा भएको हो । स्थानीय प्रहरीका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो । चालक ठकुरीको घटनास्थलमा नै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । मृतक ठकुरीको ठेगाना गोरखाको पालुङटार हो ।

    प्रहरीका अनुसार ट्रक आफ्नो बाटो छोड़ेर गलत बाटोमा दाैडिरहेको थियो । यो घटना शनिवार विहान साढे ६ बजे भएको हो ।  बाक्लो कुइरो लागेकै कारण बसका चालकले विपरित दिशाबाट आफूतिर सोझै आइरहेको ट्रकलाई नदेखेको हुनसक्ने अनुमान गरिएको छ । ठक्कर दिने ट्रकका चालक घटनापछि भागेका छन् ।

    ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ती गरिएको छ ।

    ‘जतिबेला दुर्घटना भयो, त्यतिबेला हामी सुतिरहेका थियौं’, उनले भने, ‘ठूलो आवाजसहित हामी चढ़ेको बसलाई ट्रकले ठक्कर दिँदा मात्र निद्रा भङ्ग भयो ।’ विष्णुकाअनुसार बसभित्रका प्रायः सबै यात्रु घाइते बनेका छन् । पोखरा निवासी नेपाल–भारत मैत्री बस सेवामा चढ़ेर दिल्ली गइरहेका थिए । उनको निधार र आँखा नजिक चोट लागेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.