पोखरामा मोटरसाइकल दुर्घट्नामा परी एक युवकको मृत्यु
/८ पुष २०७५, आईतवार १२:१४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। हेम्जा मिलनचोकमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । अर्का एक युवक घाइते भएका छन् ।आज रोकी राखेको स्काभेटरसँग मोटरसाईकल ठक्कर खांदा गम्भिर घाइते भएका हेम्जाका १८ बर्षिय आशिष कुँवरको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रनाउ पुरीका अनुसार दुर्घटनामा परि घाइते भएका मोटरसाइकलमा सवार १९ बर्षिय प्रविण पुनको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए।
हेहेमजाबाट पोखरातर्फ आउँदै गरेको ग १४ प ८१५१ नम्बरको मोटरसाइकल ना १ ख ७१६४ नम्बरको स्काभेटरसंग ठक्कर खाँदा दुर्घटना भएको हो।
प्रहरीले घटनाका वारेमा आवस्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Related