शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं- कांग्रेसको महासमिति बैठकको समापन गर्दै सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार निरंकुशरुपमा अघि बढिरहेको उल्लेख गर्दै यसविरुद्धको आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन्। उनले भने, ‘वर्तमान सरकार जनअपेक्षा विपरित निरंकुश ढंगले निर्णय गरिरहेको छ। यस्तो निरंकुशताविरुद्ध लड्न सम्पूर्ण कांग्रेसीहरु तयार रहन आवश्यक छ।’
सभापति देउवाले महासमिति बैठकले सबैलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेलको बताए। उनले आगामी महाधिवेशनमा सबै केन्द्रीय सदस्यहरुले बुथबाटै जितेर आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘महासमिति बैठकले सबै कांग्रेसीहरुमा एकताको सन्देश प्रवाह गरेको छ। अब मुलुकलाई साम्यवादतर्फ जानबाट रोक्न कांग्रेसीहरु तयार रहनुपर्दछ।’
त्यसैगरी समापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिले विगतका तुषहरु मेटाउन सेतुको काम गरेको बताएका छन्। उनले विगतका गल्तिहरुबाट पाठ सिक्दै कांग्रेसले क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।
उनले भने, ‘पुस १६ गते हुने एकता दिवसदेखि नै सदस्यता वितरण गर्नुपर्दछ। पास भएको विधान बमोजिम पार्टीको संरचनालाई पूर्णता दिनुपर्दछ।’ नेता पौडेलले अहिलेदेखि नै देशभर संगठन विस्तार गर्ने र गाउँगाउँमा कार्यकर्ता परिचालन गरी कांग्रेसलाई सक्रिय बनाउनुपर्ने बताए।
कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीले ढिलै भएपनि विधान पास गरेकोमा खुशी व्यक्त गरिन्। उनले कांग्रेसको सिद्धान्त र बीपीको मार्ग अनुसार अघि बढे आगामी चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्ने दाबी गरिन्।

Related