महँगा सोफा हटाएर उर्जामन्त्री पुनले स्वादेशी उत्पादनलाई प्रोसाहन दिर्दै राखे बाँसका कुर्सी र नेपाली गलैंचा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। कम्युनिष्ट मन्त्रीका विदेशी उत्पादन प्रयोगको मोह र खर्चिलो दैनिकी बनेको आलोचना भइरहेको छ। सबैजसो मन्त्रालयमा महँगा सोफा राखिएका छन्। तर उर्जा मन्त्रालयले ती महँगा सोफा र विदेशी सामान हटाउँदै नेपाली उत्पादन प्रयोग गरेको छ।
उर्जामन्त्री वर्षमान पुनको कार्यकक्षमा सोफा होइन, बाँसका कुर्सी छन् । नेपाली गलैंचा र सजावटका सामान पनि अधिकांश नेपाली उत्पादन छन्। अरु
तीन वटा कोठामा पनि यस्तै सामान राखिएको छ । त्यहाँ पनि सोफा छैनन्। नेपाली उत्पादन नै राखिएको छ त्यो पनि मन्त्री पुनकै डिजाइन अनुसार।
नेपाली उत्पादनको प्रयोग बढाउन मन्त्रीकै निर्देशनमा यो सब गरिएको उर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले बताए।
Related