शुभेच्छा न्यूज संम्वाददाता पोखरा / अपरिचित व्यक्तिको कुटाइबाट गएराति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।मृत्यु हुनेमा सिगास गाउँपालिका ९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।
राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी जसु र उनकी २१ बर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेको थियो। कुटपिटबाट लक्ष्मी घाइते भएकी छन्।
अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ। घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / अपरिचित व्यक्तिको कुटाइबाट गएराति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।मृत्यु हुनेमा सिगास गाउँपालिका ९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

Related