• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वाइडबडीबारे पूर्वमन्त्रीहरूको बयान, ‘सही छाप त गरेकै हो, तर, पैसा अर्कै कम्पनीलाई पो गएछ’

  •      /९ पुष २०७५, सोमबार ०८:५२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    काठमाडौँ: ‘म मन्त्री हुँदा विमान खरिदका लागि केही डकुमेन्टहरूमा सही छाप गरेकै हुँ। तर मैले सही छाप गरे बमोजिमको काम भएको छैन। मैले सही छाप एउटा कम्पनीको नाममा लगाए तर पैसा अर्को कम्पनीमा गयो,’ पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सार्वजनिक लेखा समितिमा भने।

    वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै छानबिन गरिरहेको सार्वजनिक लेखा समितिको उपसमितिमा आइतवार विमान खरिद प्रकरणमा जोडिएका पूर्व मन्त्रीहरूलाई बोलाइएको थियो। जसमा पूर्वमन्त्री शाही र जितेन्द्र नारायण देव पुगेका थिए।

    दुवै जना पूर्व मन्त्रीसँग छानबिन समितिले बयान लिएको छ।पूर्वमन्त्री शाहीले आफू मन्त्री हुँदा वाइडबडी विमान खरिद गर्न अमेरिकाको एएआर कम्पनीसँग सम्बन्धित दस्ताबेजमा हस्ताक्षर गरेको बताए। तर अहिले हेर्दा पैसा अर्को कम्पनीमा गएको उनले सुनाए।

    ‘मैले अमेरिकी कम्पनी एएआरसँगका दस्तावेजहरु देखेर हस्ताक्षर गरेको थिए तर अहिले पोर्चुगलको हाइफ्लाइ कम्पनी हुँदै आयरल्याण्डको हाइफ्लाइ एक्स कम्पनीमा पैसा पुगेको छ। यो कसरी भयो मलाई विशेष जानकारी छैन,’ मन्त्री शाहीको भनाई।

    पूर्वमन्त्री देवले आफ्नो पालोमा कुनै सम्झौता नभएको दाबी गरे। समितिको बैठकमा पूर्वमन्त्री देवले भने, ‘मेरो पालोमा कुनै सम्झौता भएको छैन। त्यही भएर मलाई धेरै जानकारी छैन।’पूर्वमन्त्री देवले यति भनेपछि सांसदहरूले ठट्टा गरे,‘तपाईँलाई थाहा नभएको हुन सक्छ। तर वायु सेवा निगमले त्यस अवधिमा पनि काम गरेको देखिन्छ!’

    पहिलोपोस्टसँग प्रतिक्रिया दिँदै पूर्वमन्त्री देवले आफ्नो पालोमा कुनै सम्झौता नभए दोहोर्‍याए, ‘जे भएको हो, मैले त्यही भने। मेरो पालोमा वाइडबडी खरिद प्रक्रियामा केही भएको छैन। छानबिन समितिलाई पनि यही भनेको हुँ।’

    महालेखाको प्रतिवेदनमा वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै संघीय संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन अगाडि बढाएको छ।उपसमितिले खरिद प्रक्रियामा सामेलहरूसँग बयान लिइरहेको छ भने सरोकारवालाहरूसँग छलफल गरिरहेको छ।

    यसअघि शुक्रवार वाइडबडी विमान खरिद गरिँदा पैसा सटही गर्नमा ढिलाइ भएपछि आफूहरूलाई मन्त्रिपरिषद्बाट दबाव आएको नेपाल राष्ट्र बैकका गभर्नर चिरञ्जीवी नेपालले बयान दिएका थिए।बुधवारसम्म उपसमितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ।
    sorce : pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.