समृद्ध नेपालको नारालाइ ट्रेडमार्क नबनाउ, ब्यबहारमा लागू गर
/१० पुष २०७५, मंगलवार ०६:३८ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली अर्मला । बाटुले चौरका सुभाष अधिकारी सामाजिक अभियन्ता र राजनैतिक कार्यकर्ता पनि हुन ।उनी लगाएत पोखरा १६का १० जना सामाजिक व्यक्तिहरु मिलेर ५ वर्ष देखि पोखरा १६ अर्मलामा गाई पालन गर्दै आइरहेका छन ।महेन्द्र गुफा देखि २ किलोमिटर उत्तरमा उनी हरुको मिलीजुलि कृषि फार्म छ र त्यहि फार्म भित्र गाई पालन गरिएको छ ।
२०७१ साल देखि शुभाष अधिकारी ,कृष्ण अधिकारी ,पुष्प राज अधिकारी ,विश्वराज अधिकारी ,महेन्द्र खडका ,जीवन चन्द्र देवकोटा ,दिनेश कुमार स्रेष्ठ ,नवीन अधिकारी , प्रकाश अधिकारी ,भरत राज अधिकारी र गणेश टोलका शिवजी कोइरालाको टोलीले ८ वटा होलस्टोन जातका गाई भारत पटना वाट ल्याइ गाई पालन शुरु गेरेका हुन ।
गाई फार्म खोलेको ५ बर्ष पुग्न लाग्दा फार्म मा ७२ वटा गाई छन र दैनिक ३ सय पचास लिटर दुध उत्पादन हुने गरेको छ र पोखरेलि बजारमा सजिलै खपत भएको छ ।करिब ढाइ करोडको लगानि रहेको यो फार्ममा एक दर्जनले रोजगार समेत पाएका छन ।
यतिवेला सरकारले कृषि क्रान्तिका कुरा गरिरहेको छ ,आर्थिक समृद्धि भनिरहेको छ र पार्टीका कार्यकर्तालाई उत्पादन सँग जोडने भनिरहेको छ तर गाई पालन मार्फत उत्पादन सँग जोडिएका हरुलाइ ५ वर्ष सम्म राज्यले न सहयोग गरेको छ न केही अनुदाननै दिएको छ ।
राज्यको अनुदान वास्तविक कृषकले होइन झोलामा गाई फार्म बोकेर हिँड्नेले पहुचका भरमा पाउँदा रैछन हामी जस्ताले पाइन्न फार्म सन्चालक शुभाष बाबू अधिकारीले भने ।
बैँकहरुले पनि कृषिमा शुलभ ऋण दिने भनेका छन तर ऋण माग्न जाँदा अनेक झण्झट तेसारेको र कृषि ऋणका लागि धितो माग्छन हामी सँग करोडौँको लगानिको फार्म छ अरु के धितो राख्ने अधिकारीले भने ।
गाई फार्ममै पुगेका पोखरा वडा न १६ का वडाध्यक्ष जीवन आचार्यले महानगरपालिकाले करोडौँ रकम कृषि क्षेत्रमा लगानि गरेको बताए तर उनकै वडा भित्रको मिलीजुलि कृषि फार्मले भने अहिले सम्म कुने सहयोग प्राप्त गरेको पाइएन ।
समृद्ध नेपाल र शुखि नेपालीको ट्रेडमार्क बोकेर हिँडेको बर्तमान सरकार यो नारा बोकेर हिँडिरहेको छ ,आर्थिक क्रान्तिका लागि कृषि मा क्रान्ति लगाएतका फोस्रा भाषण भन्दा स्वस्फूर्त रुपमा कृषिको विकासमा लागेका शुभाष बाबू अधिकारी जस्ता कृषक को टिमलाई सरकारले अनुदान प्राबिधिक सहयोग गरे समृद्ध नेपाल सजिलै बन्नेमा आशा गर्न सकिन्छ ।
कृष्ण अन्जान ज्ञवाली
अर्मला । बाटुले चौरका सुभाष अधिकारी सामाजिक अभियन्ता र राजनैतिक कार्यकर्ता पनि हुन ।उनी लगाएत पोखरा १६का १० जना सामाजिक व्यक्तिहरु मिलेर ५ वर्ष देखि पोखरा १६ अर्मलामा गाई पालन गर्दै आइरहेका छन ।महेन्द्र गुफा देखि २ किलोमिटर उत्तरमा उनी हरुको मिलीजुलि कृषि फार्म छ र त्यहि फार्म भित्र गाई पालन गरिएको छ ।

Related