• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा ४७ करोडको सुन्तला बिक्री हुदै

  •      /१२ पुष २०७५, बिहीबार १५:३९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    वालिङ । यस वर्ष स्याङ्जाबाट करिब रु ४७ करोडको सुन्तला बिक्री हुने अनुमान छ ।कृषि ज्ञान केन्द्र स्याङ्जाका बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार एक हजार २४० हेक्टर क्षेत्रफलमा १४ हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन हुने र सोको बिक्रीबाट रु ४६ करोड ८१ लाख २९ हजार २४ स्याङ्जामा भित्रिने अनुमान छ ।

    यस वर्ष स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये दुई हजार ९२५ मेट्रिक टन जिल्लाभित्रै खपत हुने र ११ हजार ७०३ मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यात हुने बागबानी विकास अधिकृत सुवेदीको भनाइ छ ।

    गत वर्ष स्याङ्जामा एक हजार २५० हेक्टर क्षेत्रफलमा १३ हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसको बिक्रीबाट झण्डै रु ३६ करोड जिल्लामा भित्रिएको थियो ।

    जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । यहाँका सुन्तला बुटवल, पोखरा र काठमाडाँैलगायतका बजारमा पुग्ने गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.