• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्थानियका गुनाशा सुन्न सार्वजनिक सुनुवाई गर्दै पर्वत प्रहरी गाउँगउँमा,शान्तिसुरक्षाका बिषयमा कुनै सम्झौता नगर्ने प्रनाउ तिवारीलेको आशअस्वान

  •      /१३ पुष २०७५, शुक्रबार ०९:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पर्वत / पर्वतको जलजला गाउँपालिका–३ बेनीमा विहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जलजला उद्योग बाणिज्य संघको सह आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

    शान्तिसुरक्षा र प्रहरी गतिविधिका वारेमा गुनासो सुन्न,स्थानिय शान्ति सुरक्षा र लागु औषध दुव्र्यसनी नियन्त्रण तथा विभिन्न प्रहरी योजनाहरु जनस्तरमा जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा पर्वत बेनीका स्थानीयहरुले भरपर्दो शान्तिसुरक्षाको व्यवस्थाका लागि माग गरेका छन् ।जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागूऔषध नियन्त्रणका लागि कडाई गरेपछि पछिल्लो समय पर्वत बेनीमा लागूऔषधका गतिविधिहरु बढेको र नियन्त्रणका लागि प्रहरीको सक्रियता बढाउनुपर्नेमा स्थानीयवासीहरुले जोड दिएका थिए ।

    राजमार्ग नजिक भएकाले शान्ति सुरक्षालाई मजबुद बनाउन बगरफाँटमा अस्थाई प्रहरी चौकी स्थापना गर्न र वारीबेनी प्रहरी चौकीमा प्रहरी निरिक्षकको संख्या थप गरि सुरक्षाकर्मीको संख्या बढाउन माग गरेका थिए ।स्थानीयहरुले बसपार्कलाई पुनःसंचालनमा ल्याउन र ट्राफिक गतिबिधिलाई कडाई गर्न माग गरेका छन् ।

    कालिगण्डकी नदिबाट उच्च जोखिम रहेकाले बजार संरक्षणका लागि पहल गरिदिन स्थानीयवासीहरुले जिल्ला प्रशासनलाई अनुरोध समेत गरेका थिए ।कार्यक्रममा स्थानियले उठाएको चासो, गुनासो र प्रश्नलाई सम्बोधन गर्दै प्रनाउ तिवारीले शान्ति सुरक्षालाई मजबुद बनाउन आफुहरु प्रयासरत रहेको बताए ।उनले स्थानीयवासीहरुले उठाएका गुनासा र समस्याका वारेमा प्रहरी प्रशासन गम्भिर भएको बताए ।

    उनले शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि प्रहरीले विभिन्न कार्यक्रम सहित निरन्तर लागिपरेको बताउदै स्थानियवासीहरुले पनि सूचना प्रवाह गरि साथ दिन आग्रह गरे ।

    प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विपद् व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताए । प्रजिअ ढकालले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.