फलेवास नगरपालिकाले लियो स्थानीय कृषकको उत्पादन बजारिकरणको जिम्मा
/१३ पुष २०७५, शुक्रबार १०:१७ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पर्वत।फलेवास नगरपालिकाले स्थानीयस्तरमा उत्पादिन कृषिजन्य उत्पादनलाई बजार प्रबद्र्धन गर्ने जिम्मा लिने भएको छ। ग्रामिण भेगमा कृषकद्धारा उत्पादिन कृषिजन्य उत्पादनले उचित बजार नपाएको र बजारीकरणमा समस्या आएको जनगुनाशो बढेपछि नगरपालिकाले स्थानियरुपमा उत्पादिन बस्तुको बजारीकरणको ब्यवस्था गर्न थालेको हो।
नगरपालिकाले पहिलो पटक वाड नं ११ पाङराङबाट उक्त अभियानको सुभारम्भ गरेको छ।बिहिवार अभियानको सुभारम्भ गर्दै नगरप्रमुख पदमपाणि शर्माले नगरपालिका भित्रका सवै वडामा कृषकले उत्पादन गरेको बस्तुको बजार व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने बताए।
उनले पाङराङ कृषि बिउ विजन उत्पादनको पकेट क्षेत्र भएकाले यहाँका नागरिकहरुलाई आधुनिक तरकारी खेतीमा आर्क्षित गराउन नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।नगरपालिकाले कृषि र पशु क्षेत्रमा उल्लेखनिय फड्को मारेको बताउँदै युवाहरुलाई कृषि तथा पशु पालन व्यवसायमा लाग्न शर्माले आग्रह गरे।
कृषकलाई व्यवसायीक बन्न आग्रह गर्दै नगरप्रमुख शर्माले सम्भाव्यता हेरि फरक फरक बालि लागाउन सके गाउमै राम्रो आम्दानि गर्न सकिने बताए।कृषकलाई उत्पादनमा जोड्न र उनिहरुको आयआर्जन बढाउन नगरपालिकाले १० लाख सम्म अनुदानका कार्यक्रम ल्यायको बताए।
हिजोको जस्तो निर्वाहमुखि प्रणालीबाट कृषिमा लागेर कुनै प्रगति नहुने भन्दै शर्माले व्यवसायीक उत्पादन गर्ने हिसावले अगाडि बढ्न आग्रह गरे।स्थानीयरुपमा कृषकहरुले उत्पादन गरेका सवै उत्पादनलाई नगरपालिकाले नया कृषि अभियान सहकारी सस्थांमार्फत बजारीकरण गर्न लागेको प्रमुख शर्माले बताए।
फलेवास नगरपालिका वडा नं ११ पाङराङका वडाध्यक्ष जितवहादुर सुनारले कृषकहरुका समस्यालाई समाधान गर्नका लागि वडामा कृषि समुह गठन गरेको बताए। उनले पाङराङको विकास भनेकै कृषि क्षेत्र भएको बताउँदै कृषि सँगै मानव जीवनमा प्रत्येक्ष सरोकार राख्ने विषयवस्तु समेटर वडाको विकास गर्न लागेको बताए।
कृषि क्षेत्रको विकासका लागि दिपक भट्टाराईको अध्यक्षतामा १५ सदस्यीय कृषि समुह गठन गरिएको छ ।
शुभेच्छा न्यूज संम्वाददाता
पर्वत। फलेवास नगरपालिकाले स्थानीयस्तरमा उत्पादिन कृषिजन्य उत्पादनलाई बजार प्रबद्र्धन गर्ने जिम्मा लिने भएको छ। ग्रामिण भेगमा कृषकद्धारा उत्पादिन कृषिजन्य उत्पादनले उचित बजार नपाएको र बजारीकरणमा समस्या आएको जनगुनाशो बढेपछि नगरपालिकाले स्थानियरुपमा उत्पादिन बस्तुको बजारीकरणको ब्यवस्था गर्न थालेको हो।
फलेवास नगरपालिका वडा नं ११ पाङराङका वडाध्यक्ष जितवहादुर सुनारले कृषकहरुका समस्यालाई समाधान गर्नका लागि वडामा कृषि समुह गठन गरेको बताए। उनले पाङराङको विकास भनेकै कृषि क्षेत्र भएको बताउँदै कृषि सँगै मानव जीवनमा प्रत्येक्ष सरोकार राख्ने विषयवस्तु समेटर वडाको विकास गर्न लागेको बताए।
कृषि क्षेत्रको विकासका लागि दिपक भट्टाराईको अध्यक्षतामा १५ सदस्यीय कृषि समुह गठन गरिएको छ ।
Related