‘पोखरा सडक महोत्सव’ शुरु, मुख्यमन्त्री गुरुङद्धारा उद्धाटन
/१३ पुष २०७५, शुक्रबार १६:२१ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा। पर्यटकीय नगरी पोखराको लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ शुरु भएको छ । सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नाराका साथ शुक्रबार देखि २० औ पोखरा सडक महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा विगत १९ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ ।
महोत्सव पुष १७ गतेसम्म जारी रहनेछ । लेकसाइडको हल्लनचोकबाट विभिन्न सास्कृतीक झाँकी सहितको शुरु भएको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई पर्यटकीय राजधानी बनाएरै छाड्ने उद्घोष गरेका छन् । ‘हामीले यसलाई पर्यटकीय राजधानी बनाउने निर्णय गरेर संघीय सरकारलाई सिफारिस गरिसकेका छौं’, उनले भने । ‘पोखरा चाँडै नै पर्यटकीय राजधानी बनाउँछौं ।’
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्रकृतिले मात्रै नभइ सास्कृतीक रुपमा पनि धनी भएको बताए । उनले सडक महोत्सव नेपालका कै महोत्वपुर्ण महोत्सव बनिसकेको बताउदै आगामी वर्षहरुमा अझ भव्य बनाउन प्रदेश सरकार पनि लाग्ने बताए । उनले गण्डकी प्रदेशमा २० लाख पर्यटका भित्राउनका लागि यस्ता कार्यक्रमले प्रभावकारी बन्ने बताए । अहिले गण्डकी प्रदेशमा करिब १० लाख पर्यटक आउने गरेको उनको भनाई छ ।
मुख्यमन्त्री गुरुङले पोखरा प्रकृतिको बरदान भएकाले यसलाई समृद्धीमा परिणत गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले प्रयास गरिरहेको उल्लेख गरे । पर्यटन नै गण्डकी प्रदेशको समृद्धीको आधार भएको बताउँदै गण्डकी प्रदेश लाई प्राकृतिले अथाह उपहार दिएको बताए। ‘हामीसँग के छैन ? प्रकृतिको खानी छ, संस्कृतिको धनी छौं, हिमाल छ, ताल छ,अब यसलाई व्यवसायीकता दिएर समृद्धी हाशिल गर्न बाँकी छ’ उनले भने। त्यसका लागि प्रदेश सरकारले तयारी गरिरहेको छ ।’
मुख्यमन्त्री गुरुङले पोखरो पोखराका डाँडाकाँडामा होटल र रेष्टुरेण्टले भरिरा भएको देख्न चाहेको बताए। आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको बताउँदै उनले दक्षिणमा रहेको पुम्दीभुम्दीमा शान्ति स्तुपा, महादेवको अग्लो मुर्ती, पूर्वोत्तरमा काहुँडाँडा, काहुँडाँडामा बुद्ध विहार, उत्तरमा हिमाल, पश्चिममा सराङ्कोट लगायतका पर्यटकीय स्थलहरु रहेकोले पोखरा पर्यटकीय हव बन्ने दावी गरे।
उनले पूर्वाधार निर्माणमा फड्को मार्ने प्रयास गरिरहेको बताउँदै विकासका कार्यहरु एकपछि अर्को गर्दै बनिरहेका समेत दावी गरे।मुख्यमन्त्री गुरुङले कोरला–पोखराको बाटो निर्माण अन्तिम चरणमा रहेको बताउँदै पोखरा–भैरहवा, पोखरा–काठमाडौंको बाटो कम्तिमा चार लेनको बनाइने र त्यसपछि पोखरामा पर्यटकको आगमन दोब्बरले बृद्धि हुने दाबी गरे । उनले मध्य पहाडी लोकमार्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै त्यसको प्रभावपनि पर्यटनमा देखिने उल्लेख गरे ।
अबको केहि वर्ष्भित्र गण्डकी प्रदेशका होमस्टेहरुलाई स्मार्ट होमस्टेमा रुपान्तरण गरिसक्नेपनि उनले उल्लेख गरे ।उनले फेवाताल पोखरेलीको जीवनसँग जोडिएको बताउँदै यसको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धनसँग व्यवसायीकरण पनि गरिनुपर्नेमा जोड दिए ।
खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सास्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् । महोत्सवलाई लक्षित गरि लेकसाईड क्षेत्रलाई दुलही झै सिगारिएको छ । पुस १७ गते सम्म संचालन हुने महोत्सव स्थलको विवाह घर जस्तै रङगीचङगी भएको छ । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरुमा रङगरोगन गरिएको छ भने रङगीचङगी धोजा पताकाले टागेर सिगारिएको छ ।
अग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरीएको महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आक्रर्षण रहेका छन् । नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई अफसिजनको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोज गरेको रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए ।
पाँचदिने सडक महोत्सवमा महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत साँस्कृतिक कार्यक्रमकाहरु प्रस्तुत हुने छन् । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्रा््िष्ट्रय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। पर्यटकीय नगरी पोखराको लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ शुरु भएको छ । सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नाराका साथ शुक्रबार देखि २० औ पोखरा सडक महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा विगत १९ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ ।

Related