• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको कांग्रेसका वरिष्ठ नेता पौडेलको आरोप

  •      /१६ पुष २०७५, सोमबार ११:२० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    गोरखा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको आरोप लगाएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेपाल कम्युनिष्ट पार्टीका नेताहरु रुमलिरहेको आरोप लगाएका हुन्।

    ‘अहिले पनि केपी ओली जनवाद भनेर भन्दैहुनुहुन्छ अनि प्रचण्ड चाँही समाजवाद भन्दै हुनुहुन्छ पौडेलले भने, उहाँहरुले अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ ।’

    सिद्धान्तमा नै कन्फ्यूज भएको शक्तिले मुलुकमा समृद्धि ल्याउन नसक्ने दाबी गरे। सिद्धान्तको टुंगो नलागेको पार्टीकै कारण अहिलेको सरकार गतिहिन बनेको पौडेलको भनाई थियो।

    नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको जिकिर गर्दै पौडेलले थपे, ‘कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन्। काम गर्ने ढंग छैन। त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ।’

    सुशासनको चर्को भाषण गर्ने केपी ओलीको सरकार अहिले काण्डै काण्डमा फसेको तर्क पौडेलले गरे। वर्तमान सरकारका वाइडवडी काण्ड, सुन काण्ड, चिनी काण्ड कैयौं काण्ड मच्याएर पैसाको राजनीतिलाई बढवा दिएको पौडेलको आरोप थियो।

    पौडेलले विपीले लिएको मेलमिलापको नीतिको सान्र्दभिकता अझै रहेको उल्लेख गर्दै अब राष्ट्रिय हित र राष्ट्रियताका लागि राष्ट्रिय शक्तिका बीचमा अझै पनि एकता आवश्यक रहेको बताए। कांग्रेस राष्ट्रवादी शक्ति हो। कांग्रेस हिमाल पहाड तराईलाई एकै ठाँउमा राख्ने प्रयासमा लाग्यो। तर चुनावमा बेलामा मधेशलाई विहारमा मिसाउदा हुन्छ भन्ने केपी ओलीलाई राष्ट्रवादी भनियो। अब कांग्रेसले सच्चा राष्ट्रवादी शक्ति हो भनेर जनतालाई बुझाउन जरुरी छ।’

    पौडेलले आफु सधै पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै पार्टी एक बन्नुपर्छ भनेर मैले वीपी सुवर्णका पालादेखि नै भन्दै आएको हो। तर पार्टी एकता मुद्दामा हुन्छ। जीवन्त र लोकतान्त्रीक पार्टीमा छलफल र बहस हुन्छ।’

    पौडेलले महासमिति बैठकमा पार्टी सभापति पार्टीको विधान लोकतान्त्रिक र समावेशी बनाउन तयार भएपछि त्यो मुद्दा सभापतिसँग आफु एक भएको बताए। एकताका लागि न्याय, निष्पक्षता र पारदर्शी मुल्याङकन हुनुपर्ने उल्लेख गर्दै उनले आफु अर्लि महाधिवेशनको पक्षमा नभई टाइम्ली महाधिवेशनको पक्षमा भएको स्पष्ट पारे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.