• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गाडी चलाउँदा मोबाइल प्रयोग गर्ने चालकको लाइसेन्स प्वाल पारिने

  •      /१६ पुष २०७५, सोमबार १५:१० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा/ सवारी चलाइरहँदा मोबाइल फोन प्रयोग गर्ने सवारी चालकको लाइसेन्समा प्वाल पारिने भएको छ । सवारी दुर्घटनाका विविध कारणमध्ये चालकले गाडी चलाइरहँदा मोबाइल प्रयोग गर्नु पनि एक रहेको ठहर गरी यस्तो व्यवस्था लागू गर्न लागिएको हो ।

    सोमवार संघीय संसदको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिमा सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षा विषयमा छलफल भएको थियो । छलफलमा बोल्ने सांसदहरूले सडक दुर्घटनाका कारणहरूमध्ये चालकले गाडी चलाइरहँदा मोबाइल प्रयोग गर्नु पनि एक रहेको दावी गरे ।

    सांसदहरूले उठाएका विषयहरूलाई सम्बोधन गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यस्तो अवस्थामा चालकको लाइसेन्स प्वाल पारिदिने व्यवस्था लागू गर्ने बताए ।

    छलफलमा चालकका समस्यामा ध्यान नदिनाले पनि दुर्घटना हुने विषय उठेको थियो । सांसद गौरीशंकर चौधरीले सवारी दुर्घटना हुनुमा चालकले लामो दूरीमा एकोहोरो गाडी चलाउनु पर्ने बाध्यता पनि एक रहेको बताए । त्यसैले निश्चित दूरीपछि ‘रिफ्रेस सेन्टर’को व्यवस्था गरिनु पर्ने उनले सुझाव दिए ।

    त्यसैगरी, सांसद रमेश पहाडीले लामो दूरीको यात्रामा वैकल्पिक चालकको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख भएपनि कार्यान्वयन नभएको विषय उठाए । यसले गर्दा सवारी चालक थाक्ने, निदाउने जस्ता अवस्था आई दुर्घटना हुने उनको जिकिर थियो ।

    सफ्टवेयरका माध्यमबाट वैकल्पिक सवारी चालकको व्यवस्था भए÷नभएको परीक्षण गर्ने प्रावधान केही समयभित्रै लागू गरिने ट्राफिक प्रहरीका प्रहरी वरिष्ट उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

    कुनै पनि सवारी चालकको लाइसेन्समा पाँच ओटा प्वाल परेपछि छ महीनाका लागि लाइसेन्स रद्द गर्न आपूmहरूलाई निर्देशन आइसकेको समेत उनले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.