• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भौतिक संरचना निर्माण गर्न २८ करोड

  •      /१५ पुष २०७४, शनिबार ०८:३४ ,  प्रकाशीत
  • नरहरि पौड्याल
    कास्की । प्रदेश नम्बर ४ को राजधानी निश्चितझैं भएको पोखरामा प्रदेश सरकारका लागि आवश्यक पर्ने भौतिक संरचनाको मर्मतसम्भार र अन्य व्यवस्थापनका लागि झण्डै २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    प्रदेश सरकारका लागि प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलगायतको कार्यालय पोखरामा रहनेछन् । त्यसको लागि कुनै नयाँ संरचना बनाइएको छैन । पोखरामा स्थापना भएर विभिन्न कार्यालयहरू सञ्चालन हुँदै आएका कार्यालयलाई नै प्रदेश सरकारको प्रशासनिक निकाय र आवासको रूपमा प्रयोगमा ल्याइने भएको छ ।

    निर्माण भइसकेका र बन्दै गरेका भवन, क्षेत्रीय कार्यालय र आवासगृहको रूपमा तत्कालका लागि प्रयोग गरिने भएको छ । संरचना मर्मत तथा सम्भारको अन्तरिम व्यवस्थापनका लागि रू. २८ करोड खर्च इस्टिमेट गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

    उनले तत्कालको व्यवस्थापनका लागि मात्रै सो रकम आवश्यक भएको बताउँदै दीर्घकालीन रूपमा प्रदेश सरकारले नै उचित व्यवस्थापन गर्ने जानकारी दिए । ‘हामीले अहिले अन्तरिम व्यवस्थापन मात्र गर्ने हो, त्यो रकम अन्तरिम व्यवस्थापनअन्तर्गत भौतिक संरचनाको मर्मतसम्भारमा लगाउनका लागि हो,’ उनले भने ।

    मुख्यमन्त्रीको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा रहनेछ भने निवासका लागि राष्ट्र बैङ्क चोकस्थित क्षेत्रीय सिँचाइ कार्यालयको क्वाटरमा राखिने सहमति भएको अधिकारीले बताए ।

    प्रदेशसभा सचिवालय र अन्य प्रादेशिक संरचना पनि सोही स्थानमा रहने सहमति जुटेको छ । त्यस्तै सभामुख, उप–सभामुख, प्रदेश प्रमुख, प्रदेशका मुख्यसचिव, सचिव र विभिन्न मन्त्रालयका लागि भवनको व्यवस्थापनमा समेत सहमति जुटिसकेको छ ।

    यस्तै, क्षेत्रीय प्रशासक बाबुराम गौतमको संयोजकत्वमा गठित एक कार्यदलले तयार पारेको पोखराका भौतिक संरचनाको विवरणका आधारमा प्रादेशिक संरचनाका लागि स्थान तोकिएको छ । कार्यदलले तारागाउँ रिसोर्टमा उप–सभामुखको निवास, जिल्ला भू–संरक्षण कार्यालयमा प्रदेशको मुख्य सचिवको निवास प्रस्ताव गरेको छ । त्यसैगरी समितिले पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको भवनमा प्रदेशसभा राख्ने सहमति जुटाएको छ । प्रदेशसभाअन्तर्गत १२ ओटा मन्त्रालयहरू रहनेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.