पर्वतका सांसद गिरीको राजनीति ओरालो लाग्दै, आफ्नै भाउजु कांग्रस प्रबेश गरिन
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पर्वत । पर्वतवाट निर्र्वािचत प्रतिनिधी सभाका साँसद पदम गिरीकी सहोदार भाउजु कस्तुरा गिरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।तत्कालीन नेकपा पर्वतका अध्यक्ष समेत रहेका गिरीकी भाउजुको काँग्रेस प्रबेश संगै पर्वतमा विभिन्न चर्चा परिचर्चा शुरु भएको छ।
भविष्यको आशलाग्दो युवा नेताकारुपमा हेरीएका गिरीको पारिवारीक बिद्रोहलाई लिएर यतिखेर पर्वतमा सांसद गिरीले आफ्नो घर सुरक्षीत राख्न नसक्नेले समग्र देश समाजको हितमा काम गर्न नसक्ने भन्दै टिप्पणी हुन थालेको छ। स्थानीय स्तरमा दुखकष्ट गरेर राजनीतिमा स्थापित हुदै गरेका गिरीको पछिल्लो समयमा बढेको महत्मा कांक्षाका कारण उनको राजनीति ओरोलो लाग्न थालेको बताइएको छ।
विद्यार्थी राजनीतिबाट छोटो समयमा जिल्लामा दुख कष्ट गरेर जीवन बिताएका अग्रज राजनैतिज्ञहरुलाई पाखा लगाएर जिल्लाको अध्यक्ष र सांसद पद हात परेपछि पछिल्लो बढेको उनको अहमता संगै नेता कार्यकर्ताबाट नै एक्लिदै जान थालेको एक स्थानीय नेताले बताए।
सांसद गिरी प्रति क्रमश नेता कार्यकर्तामा बढ्दो निराशासंगै आफ्नै परिवारबाट उनकै निकट प्रतिद्धन्दी पार्टी कांग्रेसमा प्रबेश गरीपछि आलोचकलाई राजनीतिक मसला बनेको छ।
नेपाली काँग्रेसले सोमवार कुश्मा बजारमा आयोजना गरेको ४३ औँ राष्ट्रिय एकता मेलमिलाप दिवसमा अवसरमा भाउजु कस्तुरा गिरी काँग्रेसमा प्रवेश गरेकी हुन् । उनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले सदस्यता प्रदान गरेका थिए/ गिरीको प्रवेशले नेकपा एमाले पर्वतमा खैलबैला मच्चिएको छ ।
Related