• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘वाइडबडी खरिद गर्ने प्रक्रिया हामी आउनु अगाडिकै हो, यो सरकार त वाइडबडी खरिद प्रक्रियामा एक प्रतिशत पनि सहभागी छैन’

  •      /१८ पुष २०७५, बुधबार ०९:५१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल एअरलाइन्सको वाइडबडीबिमान खरिदमा आफ्नो गत्ली प्रमाणित गरे राजनीतिबाटै सन्याय लिने घोषणा गर्नुभएको छ ।

    यदि अलिकति पनि संलग्नता कसैले छानविनका क्रममा भेटेछ भने दावाका साथ भन्छु जिन्दगीभरि राजनीतिक सन्यास लिन्छु । थोरैमात्र पनि भेटिएमा । कुनै डर छैन, नबिराउनु, नडराउनु भन्छन नि, जब बिराइँदैन डर हुन्न, मलाई डर छैन

    पर्यटन मन्त्रालयमा सुधारको काम गर्दा बिचौलियादेखि माफियासम्मले आफूमाथि प्रहार गरिरहेको ठोकुवा गर्दै मन्त्री अधिकारीलृ छानविनबाट वाइडबडीमा आफ्नो गल्ती भेटिए मन्त्रीबाट मात्रै होइन राजनीतिबाटै सन्यास लिने घोषणा मन्त्री अधिकारीले गर्नुभएको हो ।

    ‘वाइडबडी खरिद गर्ने प्रक्रिया हामी आउनुभन्दा अगाडिकै हो । कसरी भएको थियो भन्ने कुरा छानविन गरौं । एक–एक छानविन गरौं । यो सरकार त यो वाइडबडी खरिद प्रक्रियामा एक प्रतिशत पनि सहभागी छैन । त्यो त छानविनबाट आउला । छानविन होस् भनिरहेकै छौं हामीले ।

    यो सरकार वाइडबडी खरिद प्रक्रियामा जिरो प्रतिशत पनि संलग्न छैन । यदि अलिकति पनि संलग्नता कसैले छानविनका क्रममा भेटेछ भने दावाका साथ भन्छु जिन्दगीभरि राजनीतिक सन्यास लिन्छु । थोरैमात्र पनि भेटिएमा । कुनै डर छैन, नबिराउनु, नडराउनु भन्छन नि, जब बिराइँदैन डर हुन्न, मलाई डर छैन,’ मन्त्री अधिकारीले भन्नुभयो ।

    उहाँले वाइडबडी अघिल्लो सरकारको पालामा निर्णय भएको र एक महिनामा आफूले केही गर्न नसक्ने यथार्थ एसमेत राख्नुभएको छ । वाइडबडीमा अनियमितता भएको आशंकामा अख्तियार र संसदीय समितिले पनि छानविन थालेको बेला मन्त्री अधिकारीले आफ्नो सानो मात्रै गल्ती फेला परे पद मात्रै होइन, सन्यास नैलिने भन्दै चुनौती दिनुभएको छ ।

    ‘नेपाल एयरलाइन्सको वाइडबडी । वाइबडी खरिदको प्रक्रिया तीन वर्षअघिको हो । सबै स्पेसिफिकेशनसहित कस्तो ल्याउने, कसरी किन्ने, भुक्तानी कसरी गर्ने ती सबै म आउनुभन्दा अगाडिका प्रक्रिया थिए,’ मन्त्री अधिकारीले भन्नुभयो, ‘ती अगाडिका प्रक्रियामा मन्त्रीको केही भूमिका हुन्न । म आउँदाखेरि जहाज आउने कुराको सुनिश्चिता खोजेँ ।

    हाम्रो पैसा गइसक्यो । पैसा जाने जहाज नआउने रु त्यो अवस्थाचाहिँ हुनुहुँदैन । जहाज ल्याउनुपर्यो, ती प्रक्रियामा कमजोरी भएका छन् भने खोज्नुपर्यो । छानविन गरेर दोषी पाइयो भने कारवाही गर्ने, तर जहाजलाई चाहिँ नरोक्ने भनेको हो ।’

    उहाँले कतिपय मानिसहरु बदनाम गर्न मात्रै आफूमाथि प्रहार गरिरहेको बताउनु भयो । ‘अब कतिपय मान्छे भन्छन् यो जहाज एयरबस हटाउने र बोइङ ल्याउने । त्यसले के हुन्छ ? देशको पैसाचाहिँ सबै घाटामात्रै जान्छ । त्यो पैसा त फिर्ता हुँदैन । त्यो अवस्थामा प्लेन ल्याउने र चलाउने बाहेक अरु विकल्प छैन । गल्ती भएको छ भने छानविन गरेर को–को दोषी हुन्, कारवाही गर्ने निकाय छन् ।

    यो प्रक्रियामा जानुपर्छ भन्ने मेरो मान्यता हो । यसमा चाहिँ के छ भने एजेण्टहरुको लडाइँ हुँदोरहेछ । अर्को कोही एजेन्ट थियो होला । उसले भनेअनुसार भएन होला । अनि प्रहारको निशाना बनाउने र अन्यौल सिर्जना गर्ने खालका मान्छेहरु पनि छन,’ मन्त्री अधिकारीले भन्नुभयो ।

    वाइडबडी यो ३ वर्षअघिको प्रक्रिया हो । वाइडबडीको सन्दर्भमा धेरै पछाडि अर्थात हामी सरकारमा आएको एक महिनापछि आएको जहाज हो यो । एक महिनामा जहाज आउँछ ? एक महिनामा कलम किन्ने प्रक्रिया पुग्दैन नेपालको सरकारी कार्यालयमा । गाडी किन्न एक वर्ष लाग्छ । यसमा हामीलाई चार्ज लगाउनु त बेकारको, वाहियात कुरा हो /उहाँले नेपाल एयरलाइन्सको अग्रगतिमा आफ्नो भविष्य नदेख्नेहरु थुप्रै रहेको र तिनीह पनि आफूबिरुद्ध लागेको खुलासासमेत गर्नुभयो ।

    ‘कतिपय जीएसएका होलान्, कतिपय अरु एयरलाइन्सका होलान् । नेपाल एयरलाइन्सको प्रगति देख्न नचाहनेहरु त्यहीँभित्र पनि छन् र बाहिर पनि छन् । नेपाल एयरलाइन्सलाई राम्रो नबनाएसम्म हाम्रो मुलुकको पर्यटनको भविष्य नै छैन भन्ने मेरो मान्यता पर्यो । त्यसले गर्दा स्वार्थ त टक्राउने नै भयो । यो त एकदम चुनौतिपूर्ण काम हो ।

    अबको एक वर्षमा नेपाल एयरलाइन्सलाई धेरै हिसाबबाट अघि बढाउँछौं,नेपाल एयरलाइन्सलाई डोमेस्टिकमा पनि प्रभावकारी बनाउँदैछौं । २६ वटा नयाँ रुट तय भएका छन् । अन्तरराष्ट्रिय उडानका गन्तव्य विस्तार गर्दैछौं । अब हामी चीनतिर जाँदैछौं । जापानतर्फ जाँदैछौं । युरोपियन युनियनको कालोसूची हटाउने प्रक्रियामा छौं । त्यसपछि युरोतर्फ जान्छौं । राम्रो काम गर्न खोज्दा प्रहार हुने रहेछ,’ मन्त्री अधिकारीको भनाई छ ।

    उहाँले तीन बर्ष अघि भएको निर्णय र काममा आफूलाई मुछने काम अत्यन्तै निकृष्ट मानसिकताका साथ भइरहेको पनि बताउनु भयो । ‘वाइडबडी यो ३ वर्षअघिको प्रक्रिया हो । वाइडबडीको सन्दर्भमा धेरै पछाडि अर्थात हामी सरकारमा आएको एक महिनापछि आएको जहाज हो यो । एक महिनामा जहाज आउँछ ? एक महिनामा कलम किन्ने प्रक्रिया पुग्दैन नेपालको सरकारी कार्यालयमा । गाडी किन्न एक वर्ष लाग्छ । यसमा हामीलाई चार्ज लगाउनु त बेकारको, वाहियात कुरा हो,’ अधिकारीले भन्नुभयो ।

    उहाँले वाइडबडीको छानविनमा सवैलाई सघाउने र दोषीमाथि कार्वाही हुनैपर्नेअडान राख्नुभयो । ‘वाइडबडीमा अनियमितता देखिँदा खोज्ने, छानविन गर्ने जति पनि संस्था छन्, उनीहरुलाई छानविनमा सघाउँछौं । जे सूचना चाहिन्छ, दिन्छौं । तर, यसको नाममा नेपाल एयरलाइन्सलाई समाप्त पार्ने कामचाहिँ नगरौं । नेपाल एयरलाइन्स प्रभावकारी रुपमा चलाउनुपर्यो । अनियमतिता गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्यो,’ अधिकारीको भनाई छ ।

    स्रोत ; जनताटाइम्स

    January 2, 2019मा प्रकाशित

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.