शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं – सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई कानुन बिपरित जेलबाट निकालेर सांसद पदको सपथ गराइ संविधानको ठाडो उल्लंघन गरेको नेपाल तरुण दलले आरोप लगाएको छ ।
बिहीबार चौधरीको सपथ ग्रहण भएसँगै तरुण दलले प्रेस विज्ञप्ती जारी गर्दै सपथ गराउनु लोकतान्त्रिक मूल्यमान्यता विपरित रहेको उल्लेख गरेको छ । ‘२०७२ भाद्र ७ गते टीकापुरमा भएको निर्मम र बर्बरता पुर्ण हत्याकाण्डमा मारियका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याका मुख्य दोषीको रूपमा कारबाही गर्नुको साटो उल्टै सम्मान स्वरुप सपथ गराउने कार्यले शान्ती सुरक्षा,दण्डहीनता र कानुनी राज्यको उपहास गरेको छ ।’ दलका महासचिव भुपेन्द्र जङ्ग शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
दलले सरकारको अबैधानिक, निरंकुस, अमानवीय र अन्यायपूर्ण निर्णयको भत्र्तसना समेत गरेको छ । आफ्नो सत्ता स्वार्थको नाममा हत्या गरिएका निर्दोष नागरिकका परिवारलाई थप पीडा दिने हर्कत नगर्न सरकारलाई तरुण दलले सचेत समेत गराएको छ ।

Related