• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वाइडवडी प्रकरणमा सरकारले अहिले कसैलाई कारबाही नगर्ने

  •      /१९ पुष २०७५, बिहीबार ११:३९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौं । सरकारले वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न र तयार रहेको बताएको छ ।तर, लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनकै भरमा अहिले नै कसैलाई निलम्बन तथा कारबाही नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

    मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उपसमितिले लेखा समितिलाई प्रतिवेदन बुझाउनु अघि नै निचोड जसरी सार्वजनिक गरेकोमा असन्तुष्टि जनाए ।

    यद्यपि समितिमा छलफल हुन बाँकी रहेको भन्दै उनले भने, ‘उपससमितिले प्रतिवेदन दिएकै छ । अब समितिले अब के भन्छ ? कसरी आउँछ ? त्यसपछि सरकारले पनि न्यायिक समिति बनाउन उपयुक्त हुन्छ भने हामी तयार नै छौं ।’

    तर, सरकारले अर्को समिति बनाउँदा ढाकछोप गर्न बनायो भन्ने हो कि भन्ने उनको आशंका छ । उनले भने, ‘विगतका पराम्परा, अभ्यास, कानुनी प्रावधान हेरेर समिति बनाउन तयार छौं । त्यसको निचोड नआएसम्म कसैमाथि अभियोग लाग्नासाथ प्रमाणित मानिँदैन । प्रमाणित हुने धेरै निकाय पार गर्नुपर्छ ।’

    प्रमाणित भएपछि मितको छोरा, आफ्नो छोरा नभन्ने तर, अहिले नै कसैलाई कारबाही नगर्ने बताए । ‘कुनै कुरा आउनासाथ अन्तिम फैसलाका रुपमा ग्रहण गर्न सकिँदैन । छानविनको उचित निष्कर्ष आओस्’, मन्त्री बास्कोटाले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.