• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनप्रतिनिधिको गाडी मोह : बिलासी गाडीमै सकियो करोडौंको बजेट

  •      /२० पुष २०७५, शुक्रबार ०४:३९ ,  प्रकाशीत
  • सलिम अन्सारी, प्युठान
    स्थानीय तह गठन हुँदा नागरिकले बिकास निर्माण र सम्बृद्धिको आश गरेका थिए। सबै खाले सेवासुबिधा पुर्याउने कसम खाएर जनमत जीते स्थानीयतहका जनप्रतिनिधीले।जनताका दुख कस्ट उस्तै छन।तर जनप्रतिनिधीको सुविधा झन झन बढ्दो छ। । जनप्रतिनिधीहरुले बिकास बजेट बाटै धमाधम महङ्गा र बिलासी गाडि खरिद गरिरहेका छन।

    उनिहरुले डेढ बर्षको अवधिमा भाडा र नया गाडी खरिद गरि झन्डै ४ करोड रुपैयाँ सवारीसाधनमै रित्ताएको तथ्याङक छ । ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यले विकास खर्च कटौती गरेर महँगा गाडी र मोटरसाइकल खरिद गरेको पाइएको छ।झिमरुक गाउपालिका बाहेक प्राय सबैले प्रमुख–उपप्रमुखका लागि सुविधासम्पन्न स्कोर्पियो किनेका छन् भने वडाध्यक्षका लागि हेभी मोटरसाइकल खरिद गरेका छन्।

    जिल्लाका ६४ वडाका अध्यक्ष वडा कार्यालयको बजेटबाट किनिएको हेभी मोटरसाईकल चढ्छन।प्युठान नगरपालिकाकासँग भने जनप्रतिनिधि आउनुअगाडि नै करिब ४० लाख रुपैयाँमा किनिएको स्कारपिओ गाडी छ। मेयर अर्जुन कुमार कक्षपती यही गाडी प्रयोग गर्छन्।

    मल्लरानी गाउपालिकाले ५४ लाखमा स्कारपियो गाडी किनेको छ । ‘जेठ महिनामा किनेका हौं’ प्रशासकिय अधिकृत शोभाराम रिजालले भने,’आवाश्यक परेका बेला गाडी भाडामा लिईन्थ्यो।’ गाडि भाडामा लिदां २ लाख ५० हजार जती खर्च निस्किएको उनले सुनाए। भर्खरै मात्र सरुमारानी गाउपालीका अध्यक्षका लागि झण्डै ४० लाख रुपैयाँमा टाटा गाडी सहित १ वटा मोटरसाइकल पनि खरिद गरिएको छ ।

    उस्ले गाडी किन्न ४५ लाख रकम छुट्टाएको थियो।यसअघि किनिएका ६ वटा मोटरसाइकल र २ स्कुटर चालु अवस्थामै छन्। यहाँ प्रती महिना ७० हजार बढि रकम तिरेर झण्डै दश महिना गाडी भाडामा चलाउँदा ७ लाख बढि खर्च देखिएको छ। गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले ४० लाखको स्कोर्पिओ गाडी खरिद गरेको बताए। गाउँपालिकाले सात वटै वडामा पल्सर बाईक खरिद गरेको छ ।

    ३ महिना गाडी भाडामा लिदां एक लाख सकिएको बताईयो।त्यस्तै माण्डवी गाउँपालिकाले ३७ लाख ५० हजार रुपैयाँमा स्कार्पियो र वडाध्यक्षहरूका लागी पल्सर मोटरसाइकल किनेको सुचना अधिकारी ज्योतीप्रकाश पौडेलले बताए।यसभन्दा अघि मासिक एक लाख तिरेर गाडि भाडामा चलाएको उनले सुनाए।

    नौबहिनी गाउँपालिकाले ३७ लाख ५० हजार रुपैयाँमा महेन्द्रा स्कोर्पिओ किनेको छ। नौ बहिनीका आठ वटै वडामा हेभी बाईक खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत ठानेश्वर भण्डारीले बताए।उता भाडामा गाडी चलाईरहेको ऐरावती गाउपालिकाले अध्यक्ष उपाध्यक्षका लागि बाइक किनेको छ।

    यसै महिनाभित्र नया गाडी खरिदगर्न लागिएको उपाध्यक्ष बुद्ध बस्नेतले बताए।योजना अनुगमन तथा निरीक्षणमा समस्या भएकाले सवारी खरिद गर्न लागिएको उनले सुनाए।स्वर्गद्धारी नगरपालिकाले यो आर्थिक बर्षमा ४० लाख रुपैयाँमा महेन्द्रा स्कारपिओ किनेको छ। पहिले सचिबले प्रयोग गरेको मोटरसाईकल वडा अध्यक्षले प्रयोग गरिरहेका छन।पहिले मासिक ९० हजार रुपैया भाडामा गाडी चलाएको नगरले बाईक मर्मत र इन्धनका लागि ६ लाख बिनियोजन गरेको बताएको छ।

    झिमरुक गाउपालिकाले भने महिनामा ९८ हजार रुपैया तिरेर भाडाको गाडी प्रयोग गरिरहेको छ।गाउपालिका अध्यक्ष तिलक जिसिका अनुसार झिमरुकका आठ वटै वडामा २ लाख ४० हजार मुल्यका मोटरसाईकल किनिएका छन। जनप्रतिनिधिको सेवा–सुविधाका लागि किनिएका सवारीसाधनको इन्धन र मर्मत खर्च कार्यालयबाटै व्यहोर्ने गरिएको छ।

    जिल्लामा विकास बजेट र नागरिकले तिरेको करको व्यापक दुरुपयोग भएको नागरिक समाजका अगुवाहरु बताउछन।चुनावका बेला गरिएको खर्च असुल्न र त्यसको फाइदा लिन मात्रै जनप्रतिनिधि केन्द्रित भएको उनिहरुले आरोप लगाए।

    जनप्रतिनिधी गर्छन दुरुपयोग

    स्थानिय सरकारका प्रमुखहरु चढ्ने गाडी कार्यालय आउजाउमा मात्रै नभई पार्टी बैठक घरायसी प्रयोजन र अन्य कार्यक्रमका लागि पनि प्रयोग हुने गरेको पाईएको छ।
    जिल्ला प्रशासन कार्यालय प्युठानले सरकारी सवारी साधनको दुरुपयोग नगर्न आग्रह गर्दे सुचना जारी गरेको छ ।

    जिल्ला प्रशासनले सुचना जारी गर्दै जिल्ला स्थित स्थानीय तह र सरकारी कार्यालयहरुले जिल्ला भित्र सार्वजनिक बिदाको दिन र जिल्ला बाहिर सरकारी सवारी साधन चलाउँदा अनिवार्य रुपमा कार्यालयवाट अनुमति लिएर मात्र सवारी प्रयोग गर्न अनुरोध गरेको छ । सरकारी काममा मात्रै गाडी प्रयोग गर्न पाउने नियमको उल्लङ्घन गरिएको पाईएपछि उनिलाई प्रशासनले पत्राचार गरेको छ।

    स्थानीय तह र सरकारी कार्यालयको स्वामित्वमा रहेका सवारिसाधनको नम्वर प्लेटलाई रातोमा परिणत गरि चलाईएको,सवारी चालक अनुमतिपत्र (लाईसेन्स) बिनै सवारी गुडाईएको जनगुनासो आएपछी सुचना जारी गरि त्यस्लाई नियन्त्रण गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।’

    सवारी साधनको दुरुपयोग भएको गुनासा सुनिए’ उनले भने-‘कार्यालयको गंभिर ध्यानाकर्षण भएको छ।’ निर्देशन बेवास्ता गरि सरकारी गाडी दुरुपयोग गरिएको पाईए सवारीसाधन नियन्त्रण समेत गर्न सकिने प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.