• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेब्रुवरी १४ मा नेपालमा किन मनाइन्छ प्रेम दिवस ?

  •      /२ फाल्गुन २०७४, बुधबार ०५:२८ ,  प्रकाशीत
  • काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् अंग्रेजीमा भ्यालेन्टाइन डे आज हो । संसारका प्रेमिल मनहरुको महान दिवस, जुन दिनले करोडौ प्रेमी प्रेमिकाहरुको आत्माको मिलन गराउँछ ।

    १४ फेव्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई सुनाउँछन् । फूल, गिफ्ट दिन्छन् र सेलेब्रेसन गर्छन् ।

    नेपाल लगायत विश्वभर यो पर्व हर्सोल्लाहासका साथ एकआपसमा प्रेम साटासाट गरेर मनाइन्छ । वर्तमान परिभाषामा भ्यालेन्टाइन डे उपहारको माध्यमबाट आफुले मन पराएको व्यक्तिसँग माया साट्ने पर्वको रुपमा लिने गरिन्छ ।

    कतिपय प्रेमिल मनहरु यसै अवसरमा आफूले चाहेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने गर्छन् । आधुनिक युग तर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवा युवतीहरु यस दिवसलाई निकै महत्वका साथ मनाउने गरेका छन्, विगत पछिल्ला वर्षहरुदेखि ।

    बिभिन्न उपहार, कार्ड तथा फूल पसलहरुमा देखिने युवा युवतीहरुको बाक्लो भीडले यहीँ बताउँछ ।

    प्रेम जोडीले उत्सवका रूपमा भ्यालेन्टाइन्स डे मनाउँछन् । खासमा यो दिवस सन्त भ्यालेन्टाइनको सम्झनामा मनाउने गरिन्छ । यसको इतिहास खोतल्दा तेस्रो शताब्दीमा पुग्नुपर्छ ।

    सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइन्छ । यस दिन कुनै केटा वा केटीले प्रपोज गर्दा इन्कार गर्न सक्दैनन् भन्ने मान्यता पनि छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् ।

    यस्तो छ इतिहास
    इ.सं. २६९ को १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । भ्यालेन्टाइन रोमका पादरी थिए । उनी पादरी मात्र थिएनन्, प्रेमका पुजारी पनि थिए । त्यसैले उनलाई फाँसी दिइएको दिनलाई प्रेम दिवसका रूपमा विश्वभर मनाइन्छ ।

    रोमका शासक क्लाडियसले उनलाई फाँसी दिएका थिए । क्लाडियस तेस्रो शताब्दीमा रोमका सम्राट थिए । उनले भ्यालेन्टाइनलाई किन दिए त फाँसी ? सम्राट क्लाडियसले त्यतिवेला पूरै राज्यमा अचम्मको आदेश जारी गरे । उनको आदेशमा भनिएको थियो कि अधिकारी या सैनिकले विवाह गर्न नपाउने ? उनले विवाहलाई गैरकानुनी घोषणा गरिदिए ।

    अविवाहित पुरुषसँग अब्बल क्षमता हुन्छ भन्ने क्लाडियसको मान्यता थियो । विवाहपछि पुरुषको बुद्धि र शक्तिमा ह्रास आउने उनको अड्कल थियो । तर, यस्तो हुकुमलाई सन्त भ्यालेन्टाइनले अन्यायपूर्ण भएको बताए र विरोधमा उत्रिए । भ्यालेन्टाइन विरोधमा मात्र उत्रिएनन्, उनले कैयौँ अधिकारी, सैनिक र युवा जोडीको विवाह नै गराइदिए । उनले मानिसलाई विवाह गर्न प्रोत्साहित गर्थे । यस्तो गतिविधिलाई उनले निरन्तरता दिए ।

    भ्यालेन्टाइनलाई जेलमा कोचिएको थियो र उनले एक जेलरकी छोरीलाई मन पराएका थिए । भ्यालेन्टाइनले जसलाई मन पराएका थिए, उनी दृष्टिविहीन थिइन् । उनीहरू प्रेममा परे । भ्यालेन्टाइनले आफैँ भेटेर जेलरकी छोरीलाई पहिलोपटक ग्रिटिङ दिएका थिए ।

    एक दिन उनी भ्यालेन्टाइनलाई भेट्न जेलमा गएकी थिइन् । तर, त्यहाँ उनले भ्यालेन्टाइन होइन, उनले लेखेको पत्र मात्र भेटिन् । मर्नु भन्दा पहिले भ्यालेन्टाइनले आफ्नो हस्ताक्षरसहित लेखेका थिए, ‘फर योर भ्यालेन्टाइन ।’ जुन उद्धरण आजको दिनमा पनि प्रयोग गरिन्छ । यो पनि विश्वास छ कि जब भ्यालेन्टाइनको मृत्यु भयो, अकस्मात् उनकी प्रेमिकाले आँखा देख्न थालेकी थिइन् ।

    जब राजा क्लाडियसले यस्तो कुरा थाहा पाए त्यसपछि उनी निकै क्रोधित बने । भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । १४ फेब्रुअरीको दिन उनलाई फाँसी दिइयो र भिया फ्लामिनियामा दहन गरियो । यही दिनलाई प्रेम दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.