शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / गण्डकी प्रदेशसभाका लागि मनाङ (ख) बाट विजनी दीपक मनाङे भनिने राजीव गुरुङलाई सपथ गराउने वा नगराउने भन्ने विषयमा आइतबार दिउँसो २ बजे सांसद कार्य व्यवस्था परामर्श समितिले छलफल गर्दैछ।
कैलालीको टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीलाई केही दिनअघि मात्रै प्रतिनिधसभा सदस्यको सपथ खुवाएपछि ज्यान मुद्दामा दोषी ठहरिएका मनाङेले पनि सपथ ग्रहण गराउने वा नगराउने भन्ने चर्चा सुरु भएको छ। स्वतन्त्र उमेद्वार बनेर विजयी भएका उनलाई सपथ खानै नपाइ पक्राउ गरी जेल चलान गरिएको थियो।
यद्यपि, उनी अघिल्लो साता थुनामुक्त भए। थुना मुक्त भएका मनाङले गण्डकी प्रदेशसभामा सपथ खान पाउँ भनी निवेदन दर्ता गराएका थिए। रेशम चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा जेलबाटै लगेर सपथ सपथ खुवाएर फेरि जेलमै लगेपछि मनाङेले सपथ खान पाउने सम्भावना देखिएको छ।
मनाङेको सपथ हुने वा नहुने विषयमा संसद कार्य व्यवस्था परामर्श समितिको बैठक ताकेको समितिका संयोजक मायानाथ अधिकारीले जानकारी दिए। ‘सभामुख ज्यूले यस विषयमा छलफल गर्न आज परामर्श समितिको बैठक डाक्नु भएको छ,’ अधिकारीले भने, ‘बैठकमा केही छलफल होला त्यसैको आधारमा सभामुखले निर्णय लिनुहुन्छ होला।

Related