• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फलेवासमा बिकासले गतिलिदै, पहिलो पटक नगरमा ७ किमी सडक कालोपत्रे

"बिकास र पूर्वाधारको हिसाबले दोस्रो कर्णालीकारुपमा चित्रीत धौलागिरीमा बिस्तारै बिकासले गतिलिदै "
  •      /२३ पुष २०७५, सोमबार ०४:०१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पर्वत– चार बर्षदेखी सम्झौता भएको मुडिकुवा –झकलक–कुर्घा–लुङ्गखु सडकको मुडिकुला–लमायखोला सडक खण्डको काम यो बर्ष पुरा भएको छ । फलेवास नगरपालिकासहित महाशिला, बिहादी र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको ७ किमि खण्ड कालोपत्रे गर्न २०७२ माघमा चितवनको ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

    फलेबास नगरपालिकामा पर्ने मुडिकुवा –झकलक–कुर्घा–लुङ्गखु सडकको मुडिकुला–लमायखोला सडक खण्ड कालोपत्रे भएपछि स्थानीय वासी खुशी भएका छन् ।

    ग्रामिण पूननिर्माण तथा पूर्नस्थापना आयोजना (आरआरआरएसडीपी)ले फलेबास नगरपालिका वडा नं ४ मुडिकुवा देखि फलेबास नगरपालिकाको वडा नं ५ मा पर्ने लमायखोला सम्म ७ किलोमिटर सडक कालोपत्रे गरेको हो । आरआरआरएसडीपी मार्फत कालोपत्रे भएको यो सडक नै फलेबास नगरपालिका भित्र कै पहिलो कालोपत्रे सडक हो ।

    मुडिकुवा –लमायखोला खण्ड २०७४ असारमा नै सम्पन्न हुनुपर्ने भएपनि डेढ बर्ष ढिलो गरि कालोपत्रे भएको छ । कालोपत्रेको सबै काम सकिएको र भत्किएका नालीहरु मर्मतको काम भैरहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका जिल्ला आयोजना ब्यबस्थापक जगदीश शर्माले जानकारी दिनुभयो ।

    २०७४ असारमा सडकको म्याद सकिँदा सम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको थियो भने डेढ बर्ष म्याद थप गरेर भएपनि सडक सम्पन्न भएको छ ।‘ठेकेदारले समयमा काम सम्पन्न नगर्दा समस्याग्रस्त बनेको सडक सम्पन्न गर्न सकिएको छ ।’ ब्यबस्थापक शर्माले भन्नुभयो ‘फलेबास नगरपालिकाभित्र पहिलो कालोपत्रे सडक पुरा भएको छ ।’ गत जेथप गरेर पौषको तेस्रो सातामा कालोपत्रे कार्य सकिएको हो ।

    वर्ष नै सम्पन्न हुनुपर्ने फलेवास नगरपालिकासहित दक्षिण पर्वतका तीन गाउँपालिकालाई जोड्ने ७ किलोमिटर सडक कालोपत्रे बजेट अभाब र समयमा ठेकेदारले काम सम्पन्न नगर्दा कालोपत्रे गर्ने कार्य रोकिएको थियो ।गएको असोजमा डोलीडारमा भएको छलफलका क्रममा कालोपत्रेको सबैकाम मंसिर मसान्त सम्म सक्ने सहमति भएको थियो ।

    मुख्य ग्रामीण सडकअन्तर्गत पर्ने यो सडकले फलेवाससहित महाशिला, बिहादी र पैयुँ गाउँपालिकाभित्रका ३१ वडाबासीलाई प्रत्यक्ष लाभ पुग्छ । यीबाहेक जिल्लालाई दक्षिणबाट उत्तरसम्म जोडिने एक मात्र नियमित सडक बन्ने छ ।

    यो सडकमा हिजोआज दैनिक सयभन्दा बढी सवारी गुड्छन् । २०५७ सालमा जिल्लाकै पहिलो ग्रामीण सडकका रुपमा ट्रयाक खुलेर सञ्चालनमा आएको सडकमा हालसम्म हिउँदका सात महिनामात्रै सवारी चल्ने अवस्था थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.