• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उपत्यकामा पहिलो हिउँदे वर्षा,चन्द्रागिरीमा हिमपात

  •      /२३ पुष २०७५, सोमबार ०४:३५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौँ: काठमाडौँ उपत्यका र बाहिरका केहि आसपासमा क्षेत्रमा अहिले यस वर्षकै पहिलो हिउँदे वर्षा भइरहेको छ।यसभन्दा पहिले पनि उपत्यकाका केहि स्थानमा हल्का वर्षा भएको थियो तर त्यो मापन योग्य नरहेकोले यो नै यस वर्षको पहिलो हिउँदे बर्षा हो, जल तथा मौसम बिज्ञान विभागका मौसमविद बरुण पौडेलले जानकारी दिए।

    उपत्यका पछि हल्का वर्षा दिपायल, धनगडी र सिमरामा पनि देखिएको उनले बताए। आज देशका अधिकांश स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ।
    पौडेलले भने देशभर आंशिकदेखि सामान्य बदलि रहने देखिन्छ। अहिले काठमाडौँको बिहानीको न्युनतम तापक्रम साँढे ६ डिग्री रहेको छ।यस्तो हुनेछ अवको तीन दिनको मौसमी अवस्थाजारी मिति: २०७५ पुस २३ गते सोमबार (बिहान ६:०० बजे)

    पुस २३ गते (सोमबार)

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहने देखिन्छ | देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केहि उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

    रातिः देशको पश्चिमि भु-भागमा आंशीक बदलि तथा मध्य र पुर्वी भूभागमा सामान्य बदलि रहने देखिन्छ | मध्य र पुर्वी भुभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

    पुस २४ गते (मंगलबार) दिउँसो: देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

    रातिः देशको पश्चिमि पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

    पुस २५ गते (बुधबार) दिउँसो: देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |

    रातिः देशभरि नै मौसम सामान्यतया सफा रहने देखिन्छ |

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.