• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकाले चलायो जनप्रतिनिधिकै घरमा डोजर

"अब बच्लात सर्वाजनिक सम्पत्ती ? "
  •      /२३ पुष २०७५, सोमबार १३:१३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा– पोखरा महानगरपालिकाले मापदण्ड मिचेर बनाएका जनप्रतिनिधिका घरमा डाेजर चलाएकाे छ। महानगरले सार्वजनिक जग्गा फिर्ता अभियानको क्रममा सोमबार पोखरा– ४ का जनप्रतिनिधिले बनाएको संरचना भत्काएको हो।

    महानगरपालिकाले वडा सदस्य विष्णुमाया परियारले बनाउँदै गरेको पिल्लर सहितको पक्की घर भत्काएको हो। पटकपटक सूचना पठाउँदा पनि अटेरी गरेकाले भत्काउनु परेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए।

    पहिले पनि पटकपटक परियारको सामान जफत गर्दै लगेको नेपालीले जानकारी दिए। परियारले नेपाल स्काउट कास्की शाखासँगैको जग्गामा मापदन्ड विपरीत संरचना जेठ ४ बाट बनाउन सुरु गरेकी थिइन्।

    वडा सदस्य परियारले भने आफूले वडाध्यक्ष र मेयरसँग मौखिक सहमति गरेरमात्रै घर बनाएको दाबी गरिन्। उनले सो जग्गा २०४८ सालदेखि नै भोगचलन गर्दै आएको दाबी गरिन्।
    महानगरले पोखरा– ५, सिमानामार्गमा रहेको भरत लिगलको ४ कोठे संरचनासमेत भत्काएको छ। व्यक्तिले दाबी गर्दै आएको संरचना कानुनी रुपमै सरकारी भएको प्रमाणित भएपछि भत्काएको हो/ त्यसै पोखरा ५ बुलौंदी खोलाको मापदण्ड बिपरित घर बनाएपछि जमुना क्षेत्रीको घर पनि भत्काएका एको हो/

    महानगरले अतिक्रमित जग्गा भत्काउन थालेपछि केही महानगरबासीले ५ दिनभित्रमा आफैं भत्काउने प्रतिबद्धता गरेका छन्। प्रतिबद्धता गर्नेमा युवराज खतिवडाले प्रयोग गरेको रामचन्द्र भण्डारीको घर, वासुदेव आचार्यको ३ कोठे भवन, शान्त बतास १ कोठाको भवन छ। उनीहरुले सोमबार नै महानगरसँग ५ दिनभित्र घर भत्काउने लिखित सहमति गरेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.