सुरेन्द्र पौडेल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त
" घाटामा गएको उदयपुर सिमेन्ट नाफामा लगेर दास्रो कुलमानको उपमा पाएका पौडेलले धान्लान पुरनो बिरासत? "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सरकारले निगमको रिक्त कार्यकारी निर्देशक पदमा पौडेललाई नियुक्त गरेको हो ।
सोमबारको मन्त्रीपरिषद बैठकले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार अभियोगमा बर्खास्त भएपछि निमित्त कार्यकारी निर्देशकले निगमको नेतृत्व गर्दै आएका थिए ।
निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेल यसअघि उदयपुर सिमेन्टमा तीन वर्ष महाप्रबन्धक रहेका थिए ।
Related