मौलिक मगर कौरा नाचको संरक्षणमा जुट्दै मगर समुदायका अग्रजहरु
"आफ्नो कला संस्कृति र रितिरिवाजको संरषण सम्बद्धन हुन जरुरी छ "
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
पोखरा । कस्कि छोरी हौ नानी
ढल्कि नाच्ने छमछम
चिनेन मैले सत्य रामाराम……..
मुख्य रुपमा मगर समुदायका तरुनि तन्नेरीहरु परम्परागत भेषभुषा सजिएर गाउंका रोदि बस्ने र सोहि रोदिघरमा गित संगै यो नाच नाच्ने गर्दछन । तर पछिल्लो चरणमा मगर समुदायको यो कौरा नाच लाइ पनि पश्चिमा संस्किृतिले छपक्केै छोपेकाले मगर समुदाय वाट यो नृत्य विस्थापित हुन थालेको बुझाइ छ मगर समुदायका अग्रजहरुको ।
रोदिघर एउटा घरेलु उधोग पनि भएको जहां धागो कात्ने ,डोरी वाट्ने ,कपडा बुन्नेकामका साथै गित नृत्यका मनोरञ्जन परम्परागत शैलिमा हुने गरेकोमा विस्तारै सवै कुराहरु आधुनिकताका नाममा समय संगै विलिन हुन थालेकोमा आफुलाइ अत्यन्तै पिडा हुने गरेको कौरा नृत्य विशेषज्ञ यम वहादुर आलेमगारले वताए ।
वास्तवमै रोदिघरमा त्यतिवेला रौनकता थपिन्थ्यो जतिवेला मगर समुदायका युवा युवतिहरु परम्परागत मगर भेषभुषामा सजिएर खैजडी ,मादल,मजुरा ,झर्रा लिएर रोदिघर पुग्थे । रोदिघरमा गित र नृत्यका माध्यमवाट देवि देवताका प्रार्थना,भेटघाट,मायाप्रेम,मायालुलाइ छाडेर लाहुरे हुनजाने देखि मिलन विछोड लगाएतका कुराहरुलाइ उजागर गर्ने काम हुने गथ्र्यो ।
अझै भन्नुपर्दा यहि रोदिघर नै प्रेमिहरुको मिलनको एउटा चौतारो हुने गथ्र्यो ।तर पछिल्लो पटक सवै क्षेत्रमा बिकृति फैलदै गर्दा परम्परागत शैििलको मगर कौरा नृत्य पनि अछुतोे रहेन । धेरै ठाउं वाट त लोप भइसकेको र कहिंकतै अवशेषको रुपमा रहेको भए पनि परम्परागत शैलिमा तोडमरोड हुन थाले पछि कौरा नृत्य संरक्षणमा जुट्नुपर्ने वेला आएको आलेको भनाइ छ ।
तनहुं जिल्ला अझ त्यसमा पनि रिसिगं क्षेत्र मगर समुदायको मौलिक कौरा नृत्यको उर्वर भुमि मानिन्छ । यसै क्षेत्रवाट पाल्पा ,स्यांगजा ,कास्कि, पर्वत, वाग्लुंग,हुंदै देशै भरि कौरा नृत्य फैलिएको दावि गर्छन तनहुको रिसींग क्षेत्रका मगर समुदायका अग्रजहरु । यसै क्षेत्रवाट फैलिएको कौरा नृत्य पुर्वेली मगरले आफ्नो शैलिमा र मध्यपश्चिमका मगर हरुले आफ्नै शैलिमा नाच्ने गरे पनि कौराको वास्तविक स्वाद पश्चिमाञ्चलमा छ र अझै तनहुं त भन्नै परेन ।
मुख्यतया यो मौलिक कौरा नृत्य बाजे देखि नाती सम्म र बज्यै देखि नातिनी सम्मले एकै ठाउंमा जम्मा भएर नाच्न सकिने नृत्य हो यो नृत्य अत्यन्तै मनमोहकतामा प्रस्तुत गर्ने गरेका छन मगर समुदाय ले ।
आफ्नो अत्यन्तै फरक शैलिको सामाजिक संस्किृतिमा आएको विचलनलाइ जोगाउन मौलिक कौरा संरक्षण अभियान संस्थानै खोलेर लागेका छन यस समुदायका अग्रजहरु ।आफ्नो विरासतलाइ जोगाउन मौलिक कौरालाइ संरक्षण गरौं ,भावि पुस्तामा हस्तान्तराण गरौ भन्ने नारानै अघि सारेर यो अभियान संञ्चालन गरिएको छ ।
कौरा नृत्य जहांवाट उत्पति भएको थियो जस्तो रुपमा उत्पति भएको थियो त्यस्तो रुपमा नरहेको र आफ्नो सहि रुपरेखा गुमाएकाले परम्परागत रुपमा रहेको मौलिक कौरा नृत्यलाइ अर्थात पुरानो कौरा यस्तो थियो है भन्ने झल्को दर्शक र श्रोतालाइ गराउने उद्धेस्यले अभियान थालेको मौलिक कौरा नृत्य संरक्षण अभियानका अध्यक्ष तथा संञ्चारकर्मि हर्क आले वताउंछन ।
Related