काँग्रेसका पूर्व सहमहामन्त्री जोशीको ५ बर्षका लागि पार्टी सदस्य नरहनेगरी निलम्बित
"बल्ल बर्षियो जोशी बिरुद्ध अनुसासनको दण्डा "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
दमौली/ नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको सदस्यता पाँच वर्षका लागि निलम्बन गरिएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय समितिले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँबाट आधिकारिक उम्मेदवारी बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका जोशीको सदस्यता पाँच वर्षका लागि निलम्बन गरेको हो ।
काङ्ग्रेसले निर्वाचनमा जोशीका प्रस्तावक बनेका हरिशरण पण्डित र समर्थक रामदेव पन्थको सदस्यता समेत पाँच वर्षका लागि निलम्बन गरेको छ ।काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेद्वारा पुस १९ गते केन्द्रीय समितिलाई पठाएको पत्र बमोजिम मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार जारी गरेको विज्ञप्तीमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार बन्नुभएका जोशी, प्रस्तावक र समर्थकलाई कारवाही गरेको जनाइएको छ ।
२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काङ्ग्रेस वरिष्ठ नेता पौडेल विरुद्ध उम्मेदवारी दिनुभएका जोशीको उम्मेदवारी पौडेलको उजुरीपछि निर्वाचन आयोगले खारेज गरेको थियो । उम्मेदवारी खारेजपछि जोशीले तत्कालिन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई जिताउन खुलेर मत मागेको काङ्ग्रेसका जिल्ला स्तरीय नेताहरुले बताउने गरेका छन् ।
Related