• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा आयोजना हुने मिस तामाङको तयारी तिव्र

"पोखरामाहुने मिस तामाङको ताज कस्ते चुम्ला ? "
  •      /२६ पुष २०७५, बिहीबार १३:४० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ​/मिस तामाङ पोखराको तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखरा माघ १२ गते पोखरा सभागृहमा हुँदैछ । माघ ५ गते शनिबार ट्यालेण्ट राउण्ड हुने कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताए ।

    सहभागिहरुलााई हरेक दिन बिभिन्न विषयमा तालिम प्रदान गरिएको छ । तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गरिरहेको कार्यक्रम संयोजक मोक्तानले जानकारी दिए ।

    तालिममा सहभागिहरुको कल्चरल फोटोसेसन गरिएको छ ।तामाङ्ग भेषभुषामा उनीहरुको फोटोसेसन गरिएको हो । यसै गरि करियर काउन्सिलङका कक्षाहरु पनि सहभागीहरुलाइृ प्रदान गरिएको छ ।

    समाजका अध्यक्ष ज्याक तामाङले डाइनिङ म्यानरका बारेमा तालिम प्रदान गरेका थिए । सहभागीहरुले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा उत्सुकताका साथ जानकारी लिइरहेको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

    बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ । ग्राण्ड फिनालेको दिन पहिलो नेपाल आईडल बुद्ध लामाको बिशेष प्रस्तुति रहने छ । प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ ।

    सहभागीहरुमा काठमाण्डौका रिता लोप्चान, पोखरा बुद्धचोकका सुमी तामाङ, विरौटाका कञ्चन तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रिस्ता घिसिङ, काठमाण्डौका जेमेना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रिती तामाङ रहेका छन् ।

    मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ ।

    त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने संयोजक मोक्तानले बताईन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.