शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिदमा भएको आर्थिक अनियमितता सम्बन्धमा अनुसन्धान सुरु गरेको छ।
अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले वाइडबडीको अनुसन्धान अघि बढिसकेको बताए। उनका अनुसार आयोगले पत्रिकामा प्रकाशित समाचार र सार्वजनिक लेखा समितिले गरेको सिफारिस प्रतिवेदनलगायत विभिन्न स्रोतलाई आधार बनाएर अनुसन्धान अघि बढाइरहेको छ।
अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले विभिन्न प्रतिवेदन र अनुसन्धान आयोगका लागि प्रारम्भिक छानबिनमा काम लाग्ने बताए। सार्वजनिक लेखा समितिले सिफारिस गरेकै आधारमा कुनै व्यक्तिलाई दोषी ठहर गर्न नसकिने बताउँदै उपाध्यायले अख्तियारले अनुसन्धान गरेपछिमात्र निक्र्योलमा पुगिने बताए। उनले भने, ‘छानबिन विस्तृत रूपमा गर्नुपर्छ। वाइडबडी खरिद सम्बन्धमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरबाट छानबिन गरिनुपर्छ,’ उनले भने।
अनुसन्धानका क्रममा दोषी भेटिए सिफारिस गरिएका कर्मचारी निलम्बित भई कारबाहीको भागीदार हुने उनको भनाइ छ। प्रारम्भिक अनुसन्धानका क्रममा मुद्दा काम नलाग्ने देखिए थन्किन सक्नेछ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले वाइडबडी खरिद अनुसन्धान निष्पक्ष हुनुपर्नेमा जोड दिए। ‘तर कतिको निष्पक्ष हुन्छ त्यो त परिणाम आएपछि मात्र थाहा हुन्छ,’ उनले भने।

Related