पाेखरामा मनाइयो पृथ्बीजयन्ती, गणतन्त्रकाे नाममा राष्ट्रिय एकता खल्वल्याउने काम भएकाे आरोप
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
पाेखरा / राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहकाे २ सय ९७अाैँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पाेखरामा मनाइएकाे छ ।विश्व हिन्दु महासँघ कास्कीले अायाेजना गरेकाे पदयात्रामा विभिन्न धार्मिक सँघ सँगठनकाे सहभागिता देखियाे /
पोखराको पृथ्बीचोकमा आयोजित र्याली
मानव अधिकार चाेक देखि शुरु भएकाे पदयात्रा पृथ्वी चाेकमा पुगि सभामा परिणत भएकाे थियाे । सभामा बाेल्ने बक्ता हरुले गणतन्त्रकाे नाममा राष्ट्रिय एकता खल्वल्याउने काम भएकाे बताए ।
सभामा बाेल्दै धार्मिक अभियनन्ता प्राध्यापक डाक्टर दिल वहादुर क्षत्रिले पृथ्वीनारायण शाहकाे याेगदानलाइ गणतन्त्रको नाममा अवमुल्यन गर्ने दुस्सहास भएकाे बताए ।देशलाई एकताकाे साँग्लाे मा बाँध्ने पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतिक भएकाे र चार जात छत्तीस वर्णकाे फुलवारि बनाएर एकतामा बाँध्ने काम गरेकाेले उनि राष्ट्र नायक भएकाे र अनन्त सम्म रहने धारणा राखे ।
तर वर्तमान अवस्थामा राष्ट्रिय एकतामा धावा बाेल्ने काम भएकाे र राष्ट्र प्रेमि जनतालाई याे मान्य नहुने बताए उनले सरकारले राष्ट्रिय एकता दिवस मा बिदा नदिएकाेमा अाक्राेस व्यक्त गरे ।
सभामा बाेल्दै राप्रपाका नेता तथा गण्डकी प्रदेश सँयाेजक हेमजँग गुरुँगले पृथ्वीनारायण शाह काे याेगदानलाई अवमुल्यन गरे त्यसकाे जवाफ जनताले दिने बताए । विश्व हिन्दु महासँघका कास्की जिल्ला अध्यक्ष शँकर खरालकाे अध्यक्षतामा सभा भएकाे थिए ।
Related