नवौं पोखरा महोत्सवको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे उद्धाटन, ‘आर्थिक समृद्धिको आधार नै उद्योग ब्यवसाय’
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / पोखराको अमरसिंहचौरमा नवौ संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले युवाहरु वैदेशिक रोजगारमा जानुभन्दा मुलुकमानै उद्योग ब्यवशाय गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश संभावना बोकेको प्रदेश भएकाले यहाँका युवाहरुले श्रमिकको रुपमा वैदेशिक रोजगारमा जानुभन्दापनि आफ्नै प्रदेशमा उद्योगमा लगानी गरी आफू उद्यमी बन्दै अन्यलाई समेत रोजगार दिनतर्फ अगाडी वढ्न आग्रह गरे ।
त्यसैगरी, महिलाहरुलाई समेत समृद्ध बनाउनका लागि नेपाल सरकारले विभिन्न योजनाहरु अगाडि सारेको वताउँदै नवौ संस्करणको पोखरा महोत्सव महोत्सवको पनि महोत्सव बनिसकेको तिमिल्सिनाको भनाई थियो । सामाजिक काम गरेकै कारण पोखरेली जनताले महोत्सवलाई साथ दिएर हजारौको संख्यामा महोत्सवमा सहभागी भइरहँदा महोत्सवको शुरुवातसँगै महोत्सव सफल बनेको तिमिल्सिनाले बताए ।
सो अवसरमा वोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले महोत्सव नै आयोजना गरी चिडियाखाना निर्माण शुरु भएको र यो अभियान तीब्र रुपमा अगाडि वढिरहेको उल्लेख गरे । उनले चिडियाखाना समग्र गण्डकी प्रदेशकै गौरवको योजना भएको वताए ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक कोइरालाले पोखरा महोत्सवले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको सवैले कदर गर्नुपर्नेमा जोड दिए । यस्ता सामाजिक काममा सवैले साथ दिनुपर्ने बताउँदै कोइरालाले आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, प्रकृति सरंक्षण कोषका पूर्व सदस्य सचिव तथा चिडियाखाना विज्ञ जुद्धवहादुर गुरुङले पोखरामा बन्ने जुलोजिकलपार्क नेपालकै खुल्ला चिडियाखाना अवधारणामा निर्माण हुने बताए । उनले चिडियाखाना निर्माणले जीवजन्तुको संरक्षणमा ठूलो टेवा पुग्ने र गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बन्ने उल्लेख गरे ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले युनाइटेड क्लवसँग स्थापना कालदेखिी सहकार्य गर्दै आइरहेको जनाए । नवौ संस्करणसम्म आइपुग्दा थुप्रै सामाजिक कामसँगै गण्डकी प्रदेशमै एकमात्र नमुना पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा आफ्नो तर्फबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले हाल प्रदेश सरकारको सहयोगमा डेढ करोडको लगानीमा चिडियाखाना निर्माणको काम भइरहेको वताउँदै आगामी असोज महिनादेखि सर्वसाधारणका लागी जुलोजिकल पार्क खुल्ला गरिने वताए ।
क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव आयोजक मुल समारोह समितिका संयोजक लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनैतिक दललाई प्रतिनिधि गर्दै नेकपा कास्कीका जिल्ला संयन्त्र सदस्य दामोदर बैरागी, वडा नम्बर १२ का अध्ययक्ष रामबहादुर कार्की , अमरसिंह माविका तेजस्वी वराल, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष सन्जीवबहादुर कोइराला, शान्ती दर्शन महिला समुहकी अध्यक्ष दिलमाया गुरुङलगायतले महोत्सवको सफलताको शुभकामना मन्तब्य राखेका थिए ।
क्लवका महासचिव तथा प्रचार प्रसार संयोजक शान्तबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा क्लवका उपाध्यक्ष तथा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।
Related