पर्वतको बाच्छामा कांग्रेस परित्याग गरि नेता कार्यकर्ता नेकपामा प्रबेश
"काँग्रेस ओरालो लागेकै हो त ? "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पर्वत/नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतले तल्लो तहमा संगठन सुदृढिकरण अभियान सञ्चालन गरेको छ । दुई पार्टी एकिकरण पछि साँगठानिक काम सुस्त रहेको अवस्थामा नेकपा पर्वतले स्थानिय तहमा भेला र प्रशिक्षणका काम सञ्चालन गर्न थालेको हो ।
अभियानका क्रममा आइतबार जलजला गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ भने बिहादी गाउँपालिका वडा नं १ बाच्छामा पार्टी कार्यकर्ता भेला सम्पन्न भएको छ । बाच्छा गाउँ पार्टी संयन्त्रको आयोजनामा भएको भेलामा नेपाली कांग्रेस परित्याग गरि ९ जना कार्यकर्ता नेकपामा प्रबेश गरेका छन ।
जलजला गाउँपालिकाको वडा नं. १ देखि चार सम्मका नेता तथा कार्यकर्ताहरुलाई नेकपाको पछिल्लो अवस्था र आगामी कार्यदिशा र सरकारका गतिविधिका बारेमा प्रशिक्षण संचालन गरिएको हो ।
बाच्छामा नेकपा प्रवेश गर्नेहरुमा राजु क्षेत्री, खड्गबहादुर नेपाली, देवमाया नेपाली, रामकृष्ण नेपाली, गिता नेपाली, देवी सुनार, आरती सुनार, प्रकाश सुनार र नारायण नेपाली रहेका छन ।
नेकपा प्रवेश गर्नेहरुलाई जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले टिका लगाएर स्वागत गरेका थिए । नेपाली कांग्रेसबाट बिहादी गाउँपालिका वडा नं १ मा निर्वाचित जनप्रतिनिधीको गलत रबैयाका कारण नेपाली कांग्रेस परित्याग गरेको बताएका छन ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले लामो संघर्षपछि मलुकले स्थायी सरकार पाएको बताउँदै अब मुलुक समृद्धि र विकास निर्माणको युगमा प्रवेश गरेको बताए । हमालले सवैखाले राजनीतिक लडाईहरु सकिएकाले अब विकास निर्माण र आर्थिक समृद्धिमार्फ मुलुकको विकास गर्नुपर्नेमा जोड दिए ।
समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, नेकपा पर्वतका जिल्ला संयन्त्र सदस्यहरु भक्त कुवँर, गोबिन्द पहाडी, सविन गुरुङ्ग, बिहादी गाउँपालिका उपाध्यक्ष डम्बरकुमारी गुरुङ्ग, नेकपाका कुस्मा नगरसंयन्त्र सदस्य शंकर गिरी, नेकपा नेता नन्दु गुरुङ्ग, बैकुण्ठ क्षेत्री लगायतले सरकारका बिरुद्ध नेपाली कांग्रेस गलत अफवाह फैलाएको बताए ।
Related