"प्रकृतिमा आएको असन्तुलनले पहाडमा भेटिन थाल्यो किङ्ग कोब्रा "
/२ माघ २०७५, बुधबार ०३:३७ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानीको जंगलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ ।
विगत ५ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरुको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्र्तीण) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालले मंगलवार कोसेपानीको जंगलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग फेला पार्नु भएको हो । ‘किङ्ग कोब्रा’लाई नेपालीमा काली नाग,राज नाग भनेर चिनिन्छ ।
नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रहरुमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताउनुभयो । चोखालका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ ।
नेपालीमा राजनाग,कालिनाग भनिने यो सर्पको बैज्ञानिक नाम ओपिओपगुस हन्नह हो । यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भएपनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्य पहाडी क्षेत्रमा बसाइ सरेको हुनसक्ने चोखालको अनुमान छ ।
यो अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको चोखालले बताउनुभयो ।

Related