शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं– पूर्व वनमन्त्री तथा कालिका कन्ट्रक्सनका मालिक विक्रम पाण्डे भ्रष्टाचार मुद्दामा चार करोड धरौटी बुझाएर रिहा भएका छन्।विशेष अदातलले पाण्डेसँग धरौटी माग गरेको थियो। आजै अदातल हाजिर भएका पाण्डेले ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखेपछि धरौटीमा रिहा भएकोे विशेष अदालतले जनाएको छ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो/ अख्तियारले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै मुद्दा आयोजना प्रमुखसहित अन्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक पूर्वमन्त्री पाण्डेसहित तत्कालीन आयोजना प्रमुखहरु सरोजचन्द्र पाण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सिडिई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको थियो।
पूर्वमन्त्री पाण्डेसँग २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिगो दाबी गरिएको थियो।

Related