• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उपराष्ट्रपति पुनद्धारा होटल टास्क उद्घाटन

"पोखराका ब्यास्त सडक खालि गरेर तामझामका साथ होटल उद्धाटनमा उपराष्टपति पुन "
  •      /२ माघ २०७५, बुधबार १५:०८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पर्यटकीय शहर पोखराको उत्तमचोकमा होटल टास्क सञ्चालनमा आएको छ । होटलको उपराष्ट्रपति नन्द बहादुर पुनले बुधवार उद्घाटन गरे ।

    उपराष्ट्रपति पुनले समृद्ध नेपालको मुख्य आधार पर्यटन क्षेत्र भएको वताए । सरकारले पर्यटन कृषि, विद्युत, र जडिबुटीलाई समृद्धिको आधारको रुपमा लिएर अगाडी वढिरहदा पोखरामा अत्याधुनिक बुटिक शैलीमा निर्माण भएको होटल टास्कले पर्यटनको क्षेत्रमा एउटा खम्बा भएको वताए ।

    उपराष्ट्रपति पुनले पर्यटन विकासका लागि भौतिक पूर्वाधारको विकासमा जोड दिदै नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम त्यो पनि नगन्य मात्रामा रहेकाले होटल टास्क जस्ता उच्च स्तरिय प्रविधी युक्त होटलहरु सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

    पर्यटकको सुविधाका लागि सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट आवश्यक रहेकोमा जोड दिँदै उपराष्ट्रपति पुनले देशका विभिन्न भागहरुमा समेत होटल व्यवसाय विस्तार गर्नुपर्ने वताए । देशले लामो राजनीतिक अस्थिरताबाट स्थायीत्व प्राप्त गरेकाले युवा पिँढीलाई स्वदेशमै उद्योग व्यवसायमा लाग्न प्रेरित गर्नु आवश्यक छ भन्दै उनले श्रम र क्षमतालाई मेसिनीकरण गर्नुपर्ने समेत वताए ।

    सो अवसरमा वोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकार उद्योगी व्यवसायीलाई लगानीको लागि वातावरण वनाउन तयार रहेको वताउदै पोखराको उत्तमचोकमा सञ्चालनमा आएको होटल टास्क गण्डकी प्रदेशको पर्यटनमा थप गहना भएको वताए ।

    भ्रमण वर्ष २०२२ मा २० लाख पर्यटक भित्रयाउने उद्देश्यलाई सफल बनाउन होटल टास्क जस्ता सुविधा सम्पन्न होटलहरु बिस्तार हुनुपर्ने उनको भनाइ रहेको थियो ।

    १८ करोड लगानीमा निर्माण सम्पन्न १० तलाको होटलमा सुविधा सम्पन्न ३२ वटा कोठा, एक अपार्टमेन्ट तथा तीनवटा सेमिनार हल ४० , ६० र २ सय सीट क्षमताका हलहरु रहेको होटलका संचालक मिनराज गुरुङले वताए ।

    गुरुङका अनुसार सहरलाई ग्रामिण पर्यटनसँग जोड्ने उद्धेश्यले कोठाहरुको नामांकरण गरेका छन । होटलका प्रत्येक फ्ल्याटलाई विभिन्न क्षेत्र, संस्कृति र तालहरुको नामांकरण गरिएको छ । होटलको अन्डर ग्राउण्ड फ्ल्याटमा पार्किङ बनाइएको छ भने ग्राउण्ड फ्लोरलाई लबीको रुपमा प्रयोग गरिएको छ । होटल संगै दुइवटा रेष्टुरेण्ट रहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.