पर्वतमा भयानक दुर्घट्ना ४ को मृत्य, ३ दर्जन घाइते, हेलीकोप्टरबाट घाइतेको उद्धार गरिदै
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा भएको बस दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या बढी देखिएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।मृतकको संख्या बढ्ने अनुमान छ ।
१७ जना गम्भीर घाइते भएका छन । बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै तल झरेका कारण गम्भीर घाइते हुनेको संखया बढी भएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। भीरबाट खस्दा नदी किनारका ठुला ढुंगामा ठोक्किएर बढी घाइते भएको देखिएको छ । अहिले सम्म ३४ जना घाइते भएका छन ।
म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।
गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको छ ।
पोखरा तर्फ २० जना यात्रु पठाइएको छ । अन्य घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ ।
Related