गण्डकीका मुख्यमन्त्री गुरुङ्गद्धारा पर्वतको मालढुंगामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
"मृतक प्रति श्रदान्जली र घाइते प्रति सिघ्र स्वास्थ्यलाभको कामना गर्यो प्रदेश सरकारले "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । पर्वतको मालढुंगामा बिहान भएको बस दुर्घटनाप्रति गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले दुःख व्यक्त गवरेका छन्। मुख्यमन्त्री गुरुङ्गले एक विज्ञप्ती जारी गरी दुर्घटनामा परी मृत्यु हुनेहरुलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आफन्तजन र इष्टमित्रहरुमा गहिरो समवेदना प्रकट गरेका हुन्।
उनले घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमि हुन नदिन सम्वन्धित असपताल र चिकित्सकहरुलाई आग्रह गरेका छन्। साथै उनले उद्धार, उपचार र राहतका लागि खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मि लगायत सवैलाई धन्यवाद समेत प्रकट गरेका छन।
म्याग्दीको बेनीबाट नारायणगढ तर्फ जाँदै गरेको बस पर्वतका कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा सडकबाट कालीगण्डकी नदिमा खस्दा ७ जनाको मृत्यु र ३२ जना घाईते भएका छन् । घाईतेहरुको काठमाण्डौ, पोखरा र बागलुङमा उपचार भैरहेको छ ।
यसैगरी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पनि मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले उक्त घटनाले आफु निकै दुःखि भएको बताएका छन्।
Related