• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१२ औं हिसान स्पोर्ट्स मिट जारी भलिबल तर्फ क्वाटर फाइनल पुरा, बास्केटबल जारी

  •      /५ माघ २०७५, शनिबार १२:३० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” अन्र्तगत छात्रा–छात्र भलिबल, छात्रा–छात्र बास्केटबल र छात्रा–छात्र टेबुल टेनसका खेलहरु पोखरा रंगशालामा जारी रहेका छन ।

    शनिबार सम्पन्न छात्र भलिबलतर्फ स्पाइरल ग्यालेक्सी, मेरिगोल्ड माबी, पोखरा मल्टिमोडल, र पोखरा माबीले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन ।

    खेलमा स्पाइरलले न्यू ग्यालेक्सीलाई २५–१८ र २५–२० को अंकले, मेरिगोल्डले मदरल्याण्डलाई २५–१७ र २५–२० ले पोखरा मल्टी मोडलले प्रतिभा माबीलाई २५–१५ र २५ –१७ ले र पोखरा माबीले केफलाई २५–२७, २५–१६ र २५–२३ ले पराजित गरेको छ ।

    यसै गरि छात्र बास्केटबलमा पोखरा उच्च माबीले कास्की मोर्डनाइज्डलाई ४८–२० ले, प्रतिभाले ग्लोबललाई ३७–२३ ले पराजित गरेको छ । यसै गरि छात्रा तर्फको क्वाटर फाइनलमा माउन्ट अन्नपूर्णले प्रतिभालाई २५–११ ले, लिटिल स्टेपले गुरुकुललाई पराजित गरेका छन । माउन्ट अन्नपूर्णले लिटिल स्टेपलाई २५–९ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

    यसै गरि टेबुल टेनिस तर्फ छात्रा सिंगलसमा पोखरा उच्च माबीकी सबिता गौतमले प्रथम स्थान हासिल गरिन । त्यसै गरि दोश्रो र तेश्रो स्थानमा क्रमश सगरमाथाकी अपेक्षा थापा, सृजनाकी कल्पना थापा र प्रतिभा माबीकी रोशनी कुंवर भएका छन ।

    छात्र सिगल्समा वेलनन माबीका नविन गुरुङ प्रथम, सगरमाथाका प्रज्वल केसि द्वितिय, स्टेप बाई स्टेपका एलिश ढकाल र सोही विद्यालयका प्रताप खड्कालो तृतिय स्थान हासिल गरेका छन ।

    छात्रा टेबुल टेनिस डबल्समा पोखरा उच्च माबीका सरिता गौतम र सदिक्षा राणाको जोडी प्रथम, प्रतिभाका रोशनी कुवर र सविना क्षेत्रीको जोडी द्वितिय र सृजना माबीका कल्पना थापा र नम्रताको जोडी चालिसे तथा स्टेप वाई स्टेपका जिना परियार र शिम्रन बिकको जोडीले तेश्रो स्थान हात पारे ।

    यसै गरि छात्र डवल्समा वेलननका नविन गुरुङ र राहुल सुनारको जोडी प्रथम भएको छ । खेलमा पश्चिमाञ्चलका धन थापा र कबिर श्रेष्ठको जोडी द्वितिय र पोखरा यूनाइटेडका विमल मरहट्टा र कबिर मरहट्टा तथा ग्लोवल कलेजियटका अमृत पून र शुसान पूनको जोडीले तृतिय स्थान हात पारे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.