• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा भेट्रान एट ए साइड सुरु

  •      /८ माघ २०७५, मंगलवार १३:२४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको “आंठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता” मंगलबार देखि टुँडी खेलमा सुरु भएको छ ।

    उद्घाटन खेलमा अम्मरसिंह व्याइज क्लब (एविसी)ले विजयी सुरुवात गरेको छ । एबिसीले लेकसाइड भेट्रानलाई ४–० गोल अन्तरले पराजित गरेको हो । एबिसीलाई जिताउन बिजय गुरुङले २ तथा मनोज घिमिरे र सञ्जय गुरुङले समान १–१ गोल गरे ।

    त्यसै गरि अन्य खेलमा बुटबल भेट्रानले इन्द्रेणीलाई २–० गोलले पराजित गरेको छ । पाहुना टोली बुटवलले पोखराको इन्देणीलाई पराजित गर्न श्री गुरुङ र शुसिल श्रेष्ठले १–१ गोल गरे भने अर्को एक खेलमा संगम भेट्रानले विरगञ्ज भेट्रानलाई २–० गोल अन्तरले पाखा लगायो । संगमका लागि दुबै गोल लाल बहादुर खत्रीले गरेका थिए ।

    यस अघि भएको उद्घाटन समारोहमा बगर भाई खलकले एन्फाका उपाध्यक्ष एवम पूर्ब राष्ट्रिय खेलाडी कृष्ण थापालाई फुटबलमा लामो समय देखि पु¥याएको योगदानको कदर गर्दै ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

    कार्यक्रममा ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी एवम समाजसेवी राम बहादुर गुरुङलाई समेत खेलकुद क्षेत्रमा योगदान दिएकोमा संस्थाले ताम्रपत्र र दोसल्लाले सम्मान गरेकोे छ । सम्मानित हुने दुबैजनालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य एवम कार्यक्रमका प्रमुख अतिथी राजेश गुरुङले सम्मान गरेका थिए ।

    “्स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गरि विगत २०६८ साल देखि भेट्रान पूmटवल प्रतियोगीता संचालन गर्दै आइरहेको उक्त प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको छ ।

    प्रतियोगीतामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउनेछन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.