• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वत प्रहरीको साझदारी अभियान तिव्र बन्दै,स्वच्छ सडक अभियानमा गर्यो अन्तर्किया

"समुदायको समृद्धी सपनाको सारथी बन्दै पर्वत प्रहवरी "
  •      /८ माघ २०७५, मंगलवार १५:५६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वच्छ सडक अभियान बिषयमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले डिभिजन वन कार्यालय पर्वतको सहकार्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।

    कार्यक्रममा सडक वरपरको वातावरणलाई कसरी स्वच्छ राख्न सकिन्छ भन्ने बिषयमा केन्द्रीत भएर छलफल गरिएको थियो ।

    कार्यक्रममा डिभिजन वन कार्यालय पर्वतका प्रमुख वन अधिकृत दधिलाल कंडेल, जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी, सहायक वन अधिकृत माधुरी खड्का, प्रहरी निरीक्षक विनी महादेव पौडेल र राजन रायमाझी, भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका संरक्षण अधिकृत उमेश पौडेल लगायतको उपस्थिती रहेको थियो ।

    सो कार्यक्रममा पर्वत जिल्लाको राजमार्ग सडकमा हुने गरेको फोहोर व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय र सम्वन्धित पालिकाहरुले समन्वय गरी त्यसलाई थप व्यवस्थित गराउन साझेदारी संस्थाको रुपमा डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयले आवश्यक सहकार्य गरी फोहोरमैला व्यवस्थापन तथा फोहोर मैला सम्वन्धी सचेतनामुलक कार्यक्रमहरु संचालनमा ल्याउने विषयमा छलफल भएको थियो ।

    सडकलाई स्वच्छ राख्नको लागी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएकोछ। समितिले सरोकारवाला निकायहरु संग आवस्यक सहयोग र सहकार्य गरी फोहर मैला लगायतका बिषयमा समाधानको उचित प्रयास गर्ने छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.