• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनस्वास्थ्यको जिम्मेवारी बोध गर्दै मालिका गाउँपालिकाले सुरु गर्यो बजार अनुगमन, म्याद नाघेका सबै वस्तु नष्ट

"जनस्वास्थ्य प्रति संम्वेदनशिल बन्दै जनप्रतिनिधि  "
  •      /९ माघ २०७५, बुधबार १४:१२ ,  प्रकाशीत
  • सन्ताेष महतारा
    गुल्मी / मालिका गाउँपालिकाले बजार अनुगमन गरी म्याद नाघेका सवै वस्तु नष्ट गरेको छ । गाउँपालिकाले वडा न. ६ अर्जेमा बजार अनुगमन गरेको हो ।

    अनुगमनमा म्याद नाघेका खाद्यपदार्थ पेय पदार्थ गरी ७० हजार भन्दा माथिको समान बरामद गरी नष्ट गरेको अनुगमन संयोजक गाउँपालिका उपप्रमुख देवा अर्याल रिजालले बताइन्। अनुगमनमा अर्जे पोखराबारीका पसलमा म्याद नाघेका वस्तु बरामद गरिएको छ।

    पेयपदार्थमा चिसोका प्रकार,बिस्कुट,चाउचाउ,मसला,ग्लुकोज,भूजा जस्ता म्याद नाघेका समान बरामद गरी नष्ट गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल जानकारी दिए।

    अनुगमनको क्रममा अधिकांश पसलहरुमा साइनबोर्ड नभ्एको,मुल्यसूची नभएको,नापतौलको प्रमाण प्रष्ट नभएको,समान बिक्रीमा बिल प्रक्रिया नभएको,आधिकारिक रुपमा पसलहरु दर्ता नै नभएको, बार्षिक रुपमा कर नतिरेको लगायतका समस्या देखिएका छन् ।

    गाउँपालिकाले पसलहरुमा सबै प्रक्रिया पुरा गर्न केहि समय लाग्ने भन्दै सबै पसलेलाई एक महिनाको समय दिएको छ । म्याद नाघेका पेयपदार्थ तथा खाद्यपदार्थले उपभोक्ताहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेको भन्दै अनुगमन गरिएको गाउँपालिका प्रबक्ता तथा वडा नं ६ वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए।

    गाउँपालिकाले उपप्रमुख देवा अर्याल रिजालको संयोजकमा बजार अनुगमन गरेको हो । गाउँपालिका प्रमुख थापा,प्रमुख प्रशासकिय अधिकृत पोखरेल, स्वास्थ्य संयोजक बसन्त भूषाल, युवराज खड्का,गाउँपालिकाका कर्मचारी,सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्थितिमाम बजार अनुगमन गरिएको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.