• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बगर भइखलक एट ए साइड साइड जारी, पहिलो चरणका खेल सम्पन्न

  •      /९ माघ २०७५, बुधबार १५:१० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको “आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता”का पहिलो चरणका खेलहरु सम्पन्न भएका छन ।

    बुधबार सम्पन्न खेलहरुमा किङ कम काठमाडौले सिमरा भेट्रानलाई २–० ले पराजित गरेको । किङ कमका लागि हरिहर थापाले दुई गोल गरे । त्यसै गरि भारतको पाहुना टोली कोलकत्ता भेट्रानले नवलपरासी भेट्रानलाई ३–१ गोल अन्तरले पाखा लगायो । कोलकत्ताका लागि कमल भूनियाले ह्याट्रिक गरे भने नवलपरासीका लागि सूर्य भण्डारीले सान्त्वना गोल फर्काए ।

    यसै गरि काठमाडौको चावहिल भेट्रानको खेलमा अजव श्रेष्ठले ह्याट्रिक गर्दा पश्त्रिम चितवन ४–२ गोलले स्तव्ध हुन पुग्यो । त्यसमा चावहिलका लागि उमेश लामाले थप एक गोल गरे भने चितवनका लागि बिजय लामाले २ गोल गरे ।

    यता एक्स स्पोर्टस भेट्रान पोखराले काठमाडौको जोरपाटी भेट्रानको अगाडीको यात्रा ३–२ गोलले रोक्यो । एक्स स्पोर्ट्सका लागि भोजेन्द्र तामाङले एक र कुमार शेरचनले २ गोल गरे । जोरपाटीका लागि केलसाङ लामा र सुबिन राईले समान १–१ गोल गरे ।

    सम्पन्न अन्य खेलमा अभिषेक चर्च नवलपुरले टाइ बे्रकरमा सानो गौचरण नाइट किङ काठमाडौलाई टाइ ब्रेकरमा ४–३ गोलले पराजित गरेको छ ।

    निर्धारित समयमा सानो गौचरणका निमा लामा र नवलपुरका दिल खत्रीले आ–आफ्ना टिमका लागि १–१ गोल गरे पछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । यसै गरि दिप युनाइटेडले भारतको सिलगुरी टिम मैदानमा नउत्रेपछि वाक ओभर पाएको प्राविधिक संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।

    “्स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गरि विगत २०६८ साल देखि भेट्रान पूmटवल प्रतियोगीता संचालन गर्दै आइरहेको उक्त प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको अध्यक्ष दिल बहादुर गुरुङले बताए ।

    यहि माघ १२ गते सम्म नक आउटका आधारमा संचालन भइरहेको प्रतियोगीतामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउने संस्थाका कोषाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.