पोखरामा वडा कार्यलयका कम्प्युटर र ल्यापटम चोरीए
"शशस्त्र प्रहरी वलको कालिका गण सामुन्नेमा रहेको वडा कार्यलयमा चोरी "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा–शशस्त्र प्रहरी वलको कालिका गणको सामुन्नेमा रहेको वडा कार्यलयमा चोरी भएको छ।पोखरा महानगरपालिका ५ को वडा कार्यालय वुधवार राती चोरले फोडेर कम्प्युटर र ल्यापटप चोरी गरेको छ।
वडा कार्यालयको च्यानलगेटको चापी फोडेर र झ्यालको रेलिङ्ग झिकेर चोरले चार थान कम्प्युटर र एक थान ल्यापटप लगेको प्रहरीले जनाएको छ ।चोरीको घट्ना वडा कार्यालयका कर्मचारीहरु विहान १० बजे कार्यालय खोल्न पुगे पछि मात्र थाहा भएको हो। वडा कार्यालयका कर्मचारीले खवर पुगेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोलीले कार्यालयमा जोडेको सीसी टीभीको फुटेज हेर्दा चोरले लाईट वालेर निर्धक्क कोठा कोठा चहार्दै सामान उठाएको देखिएको छ । वडा कार्यालय ५ का वडाध्यक्ष एंव पोखरा महानगरपालिकाका प्र्रवक्ता धनवहादुर नेपालीले चोरले चार थान डेस्कटप कम्प्युटर र एक थान ल्यापटप लगेको वताए ।
शशस्त्र प्रहरीको कालिका गण आडैको व्यस्त राजमार्गमा र मानिसहरुको चहलपहल भईरहनेस्थानमा चोरी हुनुले जनताको शान्ति सुरक्षामा गम्भिर प्रश्न खडा गरेको स्थानीयवासीको गुनासो छ ।
घटनापछि वडा प्रहरी कार्यालय वैदामवाट प्रहरी नायव उपरीक्षक नविन कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरी चोरको खोजि कार्य शुरु गरिएको जनाएको छ ।
Related