• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आयोजक बगर भाइ खलक बुटवल भेट्रान संग स्तव्ध

  •      /१० माघ २०७५, बिहीबार १४:१५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा।बगर भाई खलक एट–ए–साइड फुटबल प्रतियोगिताको आठौं संस्करणमा साबिक बिजेता आयोजक बगर भाइ खलक बुटवल भेट्रान संग पराजित हुँदै प्रि क्वाटर बाटै बाहिरिएको छ ।

    पोखरामा जारी बिहिबारको पहिलो खेलमा आयोजक बगर भाई खलक टाई ब्रेकरमा पाहुना टोली बुटवल संग ५–४ गोल अन्तरले स्तव्ध हुन पुगेको हो । निर्धारित समयमा दुबै टिमका तर्फ बाट १–१ गोल भए पछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

    आयोजक टिमका तर्फ बाट प्रेम पुन र बुटवलका तर्फ बाट प्रदिप आचार्यले गोल गरेका थिए । पेनाल्टी शुट आउटमा बुटवलका किपर कृष्णमान गौचनले बगर भाइ खलकका खेलाडी यूशुफ श्रेष्ठको प्रहार सेभ गर्दा आयोजक टिमको बिजेता बन्ने सपनामा ब्रेक लाग्यो ।

    यसै गरि दोश्रो खेल संगम भेट्रान पोखरा र एन.वाई.पी काठमाण्डौ विचको खेलको नतिजा पनि टाइ ब्रेकरमा परिणाम आयो । एन.वाई.पीका लागि धनबिर लाल चौधरीले टिमलाई एक गोल गर्दै अग्रता दिइरहेको भए पनि राजन नेपालीले सुसाइड गोल गर्दा खेल टाइ ब्रेकरमा पुगेको थियो । पेनाल्टी शुट आउटमा एन.वाई.पीले २–० ले आफ्नो पक्षमा नतिजा ल्याउँदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।

    जारी खेलमा एबिसी पोखरा किङकम स्पोर्ट्स काठमाण्डौ संग १–० गोल अन्तरले बिजयी भएको छ । एबिसीका लागि विश्वलाल श्रेष्ठले बिजयी गोल गरेका थिए । यता छिमेकी मुलुक भारतको कलकत्ता भेट्रानले हेटौडा भेट्रानलाई ३–० गोलले हराएको छ । कलकत्ताका लागि कमल भूनियाले २ र आलोक दे ले १ गोल गरेका थिए ।

    चावहिल भेट्रान काठमाण्डौले फ्रिडम एफसी ललितपुरलाई २–१ गोल अन्तरले पराजित गरेको छ । चावहिलका लागि अजव श्रेष्ठ र उमेश लामाले समान १–१ गोल गरे भने फ्रिडमका लागि बिनोद खडगीले १ गोल फर्काए ।

    यसै गरि एक्स पोखरा भेट्रानले चितवन भेट्रानको यात्रालाई १–० गोलले रोकेको छ । एक्स पोखराका लागि कुमार शेरचनले उक्त गोल गरेका थिए । अर्को खेलमा फोर्टी फाउन्डेशन काठमाण्डौले दिप यूनाइटेड पोखरालाई १–० गोलले पाखा लगाएको छ । खेलमा एक मात्र गोल रबिन बञ्जनकारले गरे ।

    “आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता” अन्र्तगत शुक्रबार बाट क्वाटरफाइनलका खेलहरु शुरुहुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिएका छन ।

    “स्वास्थ्यको लागि एक घण्टा ब्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गरि विगत २०६८ साल देखि भेट्रान पूmटवल प्रतियोगीता संचालन गर्दै आइरहेको उक्त प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको छ ।

    नेपालमा नै पहिलो पटक व्यबस्थित रुपमा भेट्रान फुटबल आयोजना गर्ने बगर भाइ खलक पहिलो संस्था रहेको अध्यक्ष दिल बहादुर गुरुङले बताएका छन ।

    यहि माघ १२ गते सम्म नक आउटका आधारमा संचालन भइरहेको प्रतियोगीतामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउने संस्थाका कोषाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.