संकटमा पर्दै गएको सर्प बचाउने अभियानमा जुट्दै महेन्द्र
"संकट ग्रस्त भएको सर्प बचाउने अभिलाशा "
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
पाेखरा / पर्यावरण सन्तुलनमा सर्पकाे भुमिका धेरै ठुलाे छ तर सर्प र मानवकाे द्वन्द्वले यति वेला सर्पकाे अस्तित्व सँकटमा छ ।यसरी सँकट ग्रस्त बनेकाे सर्पकाे जीवन सँरक्षण गर्ने अभियानमा जुटेका छन पाेखरा महानगरपालिका वडा न ४ गैरापाटनका महेन्द्र कतिला ।
सानै देखि सर्प समात्ने र उद्दार गर्ने कतिला २०४५ साल देखि त सर्प सँरक्षण बाहेक अरु तिर ध्याननै नदिएकाे बताउँछन ।अहिले सम्म हजाराैँ सर्पकाे उद्दार गरेका उनलाइ दुई पटक किँग काेव्राले डसेपनि ज्यान भने बँचेकाे अनुभव सुनाए ।
उनले मुख्यतया घर भित्र पसेका र जाेखिममा रहेका सर्पहरु लाई उद्दार गरेर सुरक्षित क्षेत्रमा पुर्याउने गरेका छन ।विश्वमा सैतिस सय थरिका सर्प हरु पाइने र छ सय विषालु हुने र पाेखरामा अहिले सम्म २१ थरिका सर्प पाइने र त्यसमा केही विषालु हुने गरेकाे कतिलाकाे भनाइ छ ।
त्यसाे त नेपालमा ८० प्रकारका सर्पहरु पाइएकाे र २० प्रकारका विषालु सर्प पाइने गरेका छन ।यतिवेला महेन्द्र कतिला सर्प सँरक्षण समितिनै खाेलेर सर्प सँरक्षणमा लागेका छन उनकाे टाेलि यतिबेला कास्की र यस अासपासका क्षेत्रमा सर्प सँरक्षणमा लागेकाे छ ।
Related